महिला टी–२० राष्ट्रिय क्रिकेटमा लुम्बिनीले कर्णालीलाई हरायो

 माघ ५, २०८१ शनिबार १६:५५:२ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमणडौ – प्रधानमन्त्री महिला टी–२० राष्ट्रिय क्रिकेट प्रतियागितामा लुम्बिनी प्रदेशले कर्णाली प्रदेशलाई ७१ रनले हराएको छ । लुम्बिनीले दिएको एक सय २७ रनको लक्ष्य पछ्याएको कर्णाली १३ ओभरमा ५५ रनमा अलआउट भयो ।

कर्णालीका लागि रमा बुढाथोकीले २० रन बनाउनु बाहेक अन्य ब्याटरले दोहोरो अङ्क जोड्न सकेनन् । लुम्बिनीकी सरस्वती पुनले चार विकेट लिइन् । यस्तै मनिता राना, अस्ना चौधरी र मधु डीसीले समान एक विकेट लिए ।

त्यसअघि धनगढीको फाप्ला क्रिकेट मैदान टस जितेर ब्याटिङ गरेको लुम्बिनीले २० ओभरमा आठ विकेट गुमाएर एक सय २६ रन बनाएको थियो । लुम्बिनीका लागि रन्जु श्रेष्ठले अविजित ५१ रन बनाइन् । कर्णालीकी अन्जु गुरुङले तीन, रमा बुढाथोकीले दुई, दिक्षा पुरी र रश्मी खड्काले समान एक विकेट लिए ।

यो खेल जीते पनि लुम्बिनी तीन खेलमा तीन अङ्क मात्र बनाएर बाहिरिएको छ । समूह ‘ए’ बाट शीर्ष स्थानमा रहेको सुदूरपश्चिम प्रदेश र दोश्रो स्थानमा रहेको सशस्त्र प्रहरीको एपीएफ क्लब सुपर चारमा पुगेका छन् । 

अन्तिम अपडेट: माघ ५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया