म्याग्दीका उज्यालो सहकर्मी बानियाँ रेडक्रसद्वारा सम्मानित

 चैत १९, २०७९ आइतबार ११:२३:४ | उज्यालो सहकर्मी
unn.prixa.net

म्याग्दी – उज्यालो रेडियो नेटवर्क म्याग्दीका सहकर्मी प्रताप बानियाँ हिजो (शनिवार) सम्मानित हुनुभएको छ । नेपाल रेडक्रस सोसाइटी पुलाचौर उपशाखाको २०औँ साधारणसभा तथा अधिवेशनको अवसरमा बानियाँ सम्मानित हुनुभएको हो । 

उज्यालो सहकर्मी बानियाँलाई पत्रकारिताको माध्यमबाट रेडक्रसको अभियानमा समुदायस्तरमा पुर्याएको योगदानको उच्च कदर गर्दै म्याग्दी जिल्लाको उत्कृष्ट पत्रकारको रुपमा सम्मान गरिएको रेडक्रस पुलाचौर उपशाखाले जनाएको छ ।

बानियाँलाई कार्यक्रमका प्रमुख अतिथि रेडक्रस म्याग्दीका सभापति अमर बानियाँ, पूर्व सभापति माधवप्रसाद रेग्मी, पुलाचौरका वडाअध्यक्ष गोविन्द बानियाँ र उपशाखा सभापति शिव बानियाँले सम्मान गर्नुभएको हाे ।

अन्तिम अपडेट: बैशाख १३, २०८१

तपाईको प्रतिक्रिया