मार्चमा झन्डै १ लाख जना पर्यटक नेपाल आए, पोहोरभन्दा दाेब्बरले धेरै

 चैत १९, २०७९ आइतबार १३:५१:४३ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – मार्च महिनामा नेपालमा झन्डै एक लाख जना विदेशी पर्यटक आएका छन् । मार्च महिनामा ९९ हजार चार सय २६ जना पर्यटक नेपाल भित्रिएका नेपाल पर्यटन बोर्डले जनाएको छ । यो त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भित्रिएका र भारतसँगको नाकाबाट आएका तेस्रो देशका विदेशीहरूको सङ्ख्या हो ।

सबैभन्दा धेरै पर्यटक भित्रिने १० देशमध्ये भारतबाट १५ हजार नौ सय ११, अमेरिकाबाट नाै हजार पाँच सय ५७, बेलायतबाट छ हजार एक सय ३३, जर्मनीबाट चार हजार एक सय ४९, श्रीलङ्काबाट तीन हजार आठ सय ९८, थाइल्यान्डबाट तीन हजार आठ सय २९, अस्ट्रेलियाबाट तीन जार छ सय ३५, फ्रान्सबाट तीन हजार नाै, चीनबाट दुई हजार छ सय ३५ र दक्षिण कोरियाबाट दुई हजार छ सय ३९ जना रहेका छन् ।

पोहोर अर्थात् सन् २०२२ को मार्चमा जम्मा ४२ हजार जना पर्यटक नेपाल आएकामा अहिले दोब्बरभन्दा धेरैले बढेर झन्डै एक लाख जना पुगेको हो । यस्तै कोरोना महामारीको बेला सन् २०२१ मा १५ हजार दुई सय जना पर्यटक आएका थिए ।

कोरोना सुरु हुनुअघि सन् २०१९ को मार्चमा नेपालमा एक लाख २७ हजार जना पर्यटक आएका थिए । कोरोना सुरु हुनुअघिको तुलनामा नेपालमा पर्यटक आगमन ७८ प्रतिशतले सुधार भएको पर्यटन बोर्डले जनाएको छ ।

अन्तिम अपडेट: माघ ५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया