नयाँ दिल्ली रेल्वे स्टेशनबाट ७ नेपाली बालबालिकाको उद्धार

 चैत २०, २०७९ सोमबार १४:३०:१३ | उज्यालो सहकर्मी
unn.prixa.net

नयाँ दिल्ली रेल्वे स्टेशन

भारतको – नयाँ दिल्ली रेल्वे स्टेशनबाट सात जना नेपाली बालबालिकाको उद्धार भएकाे छ । एक हप्ता लामो विशेष उद्धार अभियानबाट सात जना नेपाली बालबालिकाको उद्धार भएकाे हो ।

बाल कल्याण समितिसहित सलाम बालक, प्रयास संस्था, साथी संस्था, चाइल्ड लाइन १०९८, रेल्वे अथोरिटी, आरपीएफ र जीआरपीको संयुक्त पहलमा गएकाे मार्च २७ देखि अप्रिल २ सम्म गरिएको संयुक्त उद्धार अभियानमा नेपाल, बङ्गलादेश र भारतका विभिन्न राज्यबाट दिल्ली पुगेका झन्डै चार सय जना बालबालिकाको उद्धार गरिएको अभियानमा लागेका उद्धारकर्मीहरूले बताएका छन् । नयाँ दिल्ली रेल्वे स्टेशनका विभिन्न प्लेटफर्म, रेल्वे स्टेशनका प्रवेश र निकासद्वारमा खटिएका उद्धारकर्मीले बालबालिकाको उद्धार गरेका हुन् ।

कार्यक्रममा बोल्दै दिल्ली सरकारअन्तर्गत बाल कल्याण समितिका अध्यक्ष वरुण पाठकले सात दिनसम्म चौबिसै घण्टा चलाइएको अभियानमा सात नेपाली बालबालिकाको उद्धार गरिएको बताउनुभयो । उहाँले दिल्ली र अन्य राज्यमा निरन्तररूपमा नेपाली बालबालिकालाई विभिन्न प्रलोभलनमा दिल्ली पुर्‍याइने गरेको भन्दै आफूहरूले उद्धार गरेका बालबालिकालाई किन इन्डिया नामक संस्था र नेपाली राजदूतावासको समन्वयमा नेपाल पठाउने काम गरिरहेको पनि बताउनुभयो । उहाँले नेपालको तराई क्षेत्र विशेषगरी रौतहटका बालबालिका धेरै दिल्ली पुग्ने गरेका बताउनुभयो । 

घरको आर्थिक अवस्था कमजोर रहेकाले ठूला सहर घुम्ने रहर र प्रलोभनमा परेर बालबालिका दिल्ली पुग्ने गरेका पाइएको उद्धारमा खटिएकाहरूले बताए ।

अन्तिम अपडेट: माघ ५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया