मिटरब्याज पीडितको समस्या समाधानका लागि आयाेग गठन, ३ महिनाकाे समय

 चैत २०, २०७९ सोमबार १९:५:१२ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – सरकारले मिटरब्याज पीडितकाे समस्या समाधानका लागि तीन सदस्यीय आयोग गठन गरेको छ ।

आज बसेको मन्त्रिपरिषद् बैठकले सर्वोच्च अदालतका पूर्वन्यायाधीश गौरीबहादुर कार्कीको नेतृत्वमा नेपाल प्रहरीका पूर्वएआईजी उत्तमबहादुर सुवेदी र डीआईजी गणेशबाबु अर्याल रहनुभएको आयोग गठन गरेको हो । समितिलाई मिटरब्याज पीडितकाे समस्या समाधान हुने गरी व्यावहारिक प्रतिवेदन तयार पार्नका लागि तीन महिनाको समय दिइएको सरकारकी प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले जानकारी दिनुभयो ।

बैठकले उच्चस्तरीय आयोगको कार्यालय मधेस प्रदेशको राजधानी जनकपुरमै राख्ने निर्णय पनि गरेको छ । मिटरब्याज पीडितलाई आफ्नो समस्या राख्न सहज हुने भएकाले सरकारले जनकपुरमै कार्यालय रहने निर्णय गरेको पनि मन्त्री शर्माले बताउनुभयो ।

त्यसैगरी बैठकले गृह मन्त्री र गृह सचिवले गुप्तचर परिचालनका लागि आफूखुसी खर्च देखाउन नपर्ने गरी बनेको कार्यविधि पनि खारेज गरेको छ । गृह मन्त्री र गृह सचिवले आफूखुसी खर्च गर्न पाउने गरी बनेको त्याे कार्यविधि खारेज गर्ने निर्णय गरिएको पनि मन्त्री शर्माले बताउनुभयो ।

अन्तिम अपडेट: भदौ २८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया