प्रिमियर लिगमा शीर्ष स्थानको लिभरपुलको जीत, आर्सनल र एस्टनभिल्ल...
माघ ६, २०८१ आइतबार
काठमाण्डाै – घटेको आन्तरिक हवाई भाडा आज बुधवारदेखि लागू भएको छ । नेपाल आयल निगमले हवाई इन्धनको मूल्य घटाएसँगै हवाई भाडा घटेको हो । वायु सेवा सञ्चालक सङ्घले आजदेखि लागू हुने गरी हवाई भाडा समायोजन गरेको हो ।
निर्णयअनुसार काठमाण्डौबाट धनगढीको उडानमा सबैभन्दा धेरै चार सय ४० रुपैयाँ भाडा घटेको छ । यसअघि यो रुटमा यात्रुले हवाई यात्राका लागि सात हजार पाँच सय १० रुपैयाँ तिर्नुपर्थ्याे । अब सात हजार ७० रुपैयाँ भाडा कायम गरिएको छ । त्यस्तै पर्वतीय उडान अर्थात् 'माउन्टेन फ्लाइट' को भाडा तीन सय ४५ ले घटेर अधिकतम भाडा पाँच हजार चार सय ९० रुपैयाँ कायम भएको छ ।
काठमाण्डौ–भद्रपुर तीन सय, विराटनगरका लागि दुई सय ४०, जनकपुरका लागि एक सय ३०, पोखराका लागि एक सय ५५, भरतपुरका लागि एक सय १०, भैरहवाका लागि दुई सय पाँच, नेपालगञ्जका लागि एक सय ८५ र सुर्खेतका लागि तीन सय ४५ रुपैयाँ हवाई भाडा घटेको छ ।
निगमले गएकाे सोमवार हवाई इन्धनमा प्रतिलिटर १० रुपैयाँले घटाएकाे थियो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।
Pramod Kumar Sah
April 6, 2023, 10:45 a.m.Today the decreasing price of ticket are not applied by buddha air. Why ? Please report this problem. I will give you proof.