प्रतिनिधि सभामा दुई विधेयक टेबुल

 चैत २३, २०७९ बिहीबार २०:३:१७ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्बिर

काठमाण्डाै – प्रतिनिधि सभाको आज बिहीवारको बैठकमा दुई वटा महत्त्वपूर्ण विधेयक टेबुल भएको छ । 

प्रतिनिधि सभाका सचिव गोपालनाथ योगीले 'सार्वजनिक सेवा प्रसारण विधेयक २०७८' र 'सुरक्षण मुद्रणसम्बन्धी विधेयक २०७८' का सम्बन्धमा राष्ट्रिय सभाबाट प्राप्त सन्देशसहितको विधेयक टेबुल गर्नुभएको हो । 

यस्तै बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डका तर्फबाट सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले 'लोक सेवा आयोगको त्रिसट्ठीऔँ वार्षिक प्रतिवेदन' (२०७८ साउन- २०७९ आसार) पेस गर्नुभयो । 

यस्तै सभामुख देवराज घिमिरेले प्रतिनिधि सभा कार्यव्यवस्था परामर्श समितिमा रहने सदस्यहरूको नाम मनोनयन गर्नुभयो । प्रतिनिधि सभाको अर्को बैठक भाेलि शुक्रवार दिउँसाे १ बजे बस्नेछ ।

अन्तिम अपडेट: माघ ६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया