प्रिमियर लिगमा शीर्ष स्थानको लिभरपुलको जीत, आर्सनल र एस्टनभिल्ल...
माघ ६, २०८१ आइतबार
काठमाण्डाै – प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सरकारले ल्याएको न्यूनतम साझा कार्यक्रम राष्ट्रिय सहमतिको भएको दाबी गर्नुभएको छ ।
बिहीवार सरकारको न्यूनतम साझा कार्यक्रम सार्वजनिक कार्यक्रमपछि बोल्दै उहाँले अहिलेको न्यूनतम साझा कार्यक्रममा यसअघिको सरकारसँग रहेका दलहरू र अहिलेका सरकारमा रहेका दलहरूकै साझा रूपमा कार्यक्रम राखिएकाले याे राष्ट्रिय सहमतिको भएको दाबी गर्नुभयो ।
उहाँले भन्नुभयो, ‘सरकारको न्यूनतम साझा कार्यक्रम पहिलाको भन्दा धेरै विकसित र परिमार्जित भएर आएको छ । पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा प्रधानमन्त्री हुँदाको न्यूनतम साझा कार्यक्रम, यसअघिको गठबन्धनबाट म प्रधानमन्त्री हुँदाको न्यूनतम साझा कार्यक्रमसमेतलाई अध्ययन गरेर त्यसमा भएका सबै राम्रा कुरालाई अहिले राखिएकाे छ । यो 'ड्राफ्ट' भेट्ने बुद्धिजीवीले यो प्राथमिकता र न्यूनतम साझा कार्यक्रम धेरै वैज्ञानिक रहेको भनेर प्रशंसा गर्नुभएको छ । यो साझा कार्यक्रमलाई कार्ययोजनामा ढालेर कार्यान्वयन गर्ने हो भने देशका समस्या समाधान हुनेछन् । यो राष्ट्रिय सहमतिको न्यूनतम साझा कार्यक्रम हो ।’
प्रधानमन्त्री प्रचण्डले न्यूनतम साझा कार्यक्रमलाई कार्यान्वयन गर्ने जिम्मेवारी कर्मचारी, राजनीतिक दलहरु सबैको रहेको बताउनुभयो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।
ऋषिराम चापागाईं
April 7, 2023, 8:11 a.m.साझा कार्यक्रम अक्षरस पूरा गरौ। काम धेरै कुरा थोरै, काम र परिणामले कुरा र बहस बनोस शुभकामना ।