प्रिमियर लिगमा शीर्ष स्थानको लिभरपुलको जीत, आर्सनल र एस्टनभिल्ल...
माघ ६, २०८१ आइतबार
काठमाण्डाै – नेपाली सेनामा डाक्टर, ईञ्जिनियरदेखि पुजारीसम्ममा जागिर खुलेको छ । मेडिकल, इन्जिनियर, पुजारी, सैनिक कर्मचारीलगायत विभिन्न पदमा विज्ञापन खुलेको हो । सेनाको भर्ना छनौट निर्देशनालयले प्राड/प्राविधिक/हवाई/लगायत विविध सेवातर्फका अधिकृत पदका लागि र पदिक तथा विल्लादार पदका लागि भर्ना आह्वान गरेको हो ।
अधिकृत र पदिक तथा विल्लादारमा गरी कुल ६ सय २१ जनाको लागि दरखास्त आह्वान गरिएको छ । अधिकृत पदका लागि १ सय ३७ जना माग भएको छ । यसमा मेडिकलतर्फ सबैभन्दा धेरै ४४ जनाको माग गरिएको छ ।
त्यस्तै पदिक तथा विल्लादारमा ४ सय ८४ जनाको माग गरिएको छ । यसतर्फ सबैभन्दा धेरै सैनिक कर्मचारी १ सय ५५ जना माग भएको छ । ११ जना पुजारीको लागि पनि आवेदन माग भएको छ ।
हेर्नुस् विज्ञापन :
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।