प्रिमियर लिगमा शीर्ष स्थानको लिभरपुलको जीत, आर्सनल र एस्टनभिल्ल...
माघ ६, २०८१ आइतबार
काठमाण्डाै – राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद हरि ढकालले प्रतिनिधि सभाको शून्य समयमा मौनधारण गर्नुभएको छ ।
सांसदहरूले संसदमा उठाएका विषय सरकारले नसुनेको भन्दै त्यसको विरोधमा उहाँले त्यस समय मौनधारण गरेर व्यतित गर्नुभएको हो । उहाँले भन्नुभयो, ‘सम्माननीय सभामुख महोदय,... यो सरकारले हामी माननीयले बोलेको केही पनि नसुनेको भएर मैले यो शून्य समयमा मौन धारण गरेँ । धन्यवाद !’
प्रतिनिधि सभा नियमावलीअनुसार शून्य समयमा एक मिनेटको समय तोकिएको हुन्छ । त्यही समयमा बोल्न उभिनुभएका सांसद ढकालले भन्नुभयाे, ‘सम्माननीय सभामुख महोदय,...’भनेर मौन बस्नुभयो । र पछि ‘यो सरकारले हामी माननीयले बोलेको केही पनि नसुनेको भएर मैले यो शून्य समयमा मौनधारण गरेँ’ भनेर आफ्नो भनाई अन्त्य गर्नुभएको थियो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।
सन्देश भुर्तेल पुर्ब नेपाल झापा कमल गा: पा:
April 7, 2023, 2:39 p.m.यो अन्धो सर्काले संसधले बोलेको कुरा नसुन्ने मन्त्री मात्र बन्ने सम्बन्धित मन्त्रालएका मन्त्रीले जवाफ नदिने बुडो (खसी) गोरुले गाई हुन्नछ भान्नु र यो प्रचण्ड &(राले)देवा सरकारले एउटा जनप्रतिनिधिको कुरात सुनेन भने जन्ताको कुरात कुरै नगरौ जन्ताको समस्या त घाममा सुकाइदिउ । जे गर्नु भो माननीय हरि ढकाल ज्युले ठिक गर्नु भो उहालाइ उच्चसम्मान दिन चाहान्छु 🙏🙏🙏