प्रिमियर लिगमा शीर्ष स्थानको लिभरपुलको जीत, आर्सनल र एस्टनभिल्ल...
माघ ६, २०८१ आइतबार
काठमाण्डाै – वसन्तयाममा सगरमाथा आरोहणका लागि दोस्रो शिविरसम्मको बाटो तयार भएको छ । दोस्रो शिविरसम्मको बाटो बनाउने जिम्मा पाएको सगरमाथा प्रदूषण नियन्त्रण समिति (एसपीसीसी) ले खटाएका आइसफल डाक्टरहरूले दोस्रो शिविरसम्मको बाटो तयार पारेका हुन् । अब आरोहीहरू दोस्रो शिविरसम्म जान सक्ने एसपीसीसीका अध्यक्ष लामाकाजी शेर्पाले जानकारी दिनुभयो ।
आधार शिविरबाट दोस्रो शिविरसम्म पुग्ने बाटोमा रहेको खुम्बु आइसफल लगायतका ठाउँको बाटो निकै अप्ठ्यारो रहेको आरोहीहरू बताउँछन् । यही बाटो भएर ल्होत्से र न्युप्त्से हिमाल पनि आरोहण गरिन्छ । सगरमाथा आरोहण गर्नुअघि आरोहीहरू आधार शिविरबाट दोस्रो शिविरसम्म पटक–पटक आवातजावात गर्ने भएकोले दोस्रो शिविरसम्मको बाटो चाँडो बनाइन्छ । दोस्रो शिविरभन्दा माथि आरोहण गराउने कम्पनीहरूले बाटो बनाउँछन् । बाटो बिग्रिरहने भएकोले आरोहण सिजनभर बाटो बनाउने टोली तयारी अवस्थामा रहने एसपीसीसीले जनाएको छ ।
यसैबीच यस वर्षको वसन्तयाममा सगरमाथा आरोहणका लागि अहिलेसम्म २७ वटा देशका एक सय १५ जनाले अनुमति लिइसकेका पर्यटन विभागले जनाएको छ । यस्तै सगरमाथासहित देशका १५ वटा हिमाल आरोहणका लागि तीन सय चार जनाले अनुमति लिएका छन् । यस वर्ष पर्वतारोहणका लागि आउने पर्यटकको सङ्ख्या उत्साहजनक रूपमा बढिरहेको पर्यटन व्यवसायीले बताएका छन् ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।