प्रिमियर लिगमा शीर्ष स्थानको लिभरपुलको जीत, आर्सनल र एस्टनभिल्ल...
माघ ६, २०८१ आइतबार
काठमाण्डाे – नेपाली सेनाको साइबर स्पेसमा अनधिकृत पहुँच पुर्याएकाे आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा स्याङ्जाको वालिङ नगरपालिका वडा नम्बर १० घर भई पोखरा बस्दै आएका २१ वर्षका सागर ढकाल रहेका प्रहरीको साइबर ब्युरोले जनाएको छ ।
विभिन्न समयमा सेनाको साइबर स्पेसमा अनधिकृत हमला गरेको भन्दै सेनाले साइबर ब्युरोलाई यसबारे पत्राचार गरेको थियो । पक्राउ परेका ढकालविरुद्ध काठमाण्डाै जिल्ला अदालतबाट सात दिनको म्याद लिएर थप अनुसन्धान भइरहेको साइबर ब्युरोका प्रवक्ता, प्रहरी उपरीक्षक पशुपतिकुमार रायले जानकारी दिनुभयो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।