प्रिमियर लिगमा शीर्ष स्थानको लिभरपुलको जीत, आर्सनल र एस्टनभिल्ल...
माघ ६, २०८१ आइतबार
काठमाण्डाै – काठमाण्डौ महानगरपालिकाका प्रमुख बालेन्द्र शाहले फुटपाथ तथा सडक मिचेर बनाइएका प्रहरी संरचना हटाउन आग्रह गर्नुभएको छ ।
काठमाण्डौ महानगरपालिकाभित्रका विभिन्न प्रहरी संरचनाहरुको तस्बिरसहित सामाजिक सञ्जाल फेसबुकमा स्ट्याटस लेख्दै शाहले यस्ता संरचना हटाउन आग्रह गर्नुभएको हो । फुटपाथमा व्यापार गर्न रोकेको स्मरण गराउँदै उहाँले नियम सर्वसाधारणका लागि मात्रै नभएर सबैका लागि हुनुपर्ने उल्लेख गर्नुभएको छ ।
उहाँले यी संरचना प्रहरी आफैले नहटाएमा समतामूलक कानुनको प्रयोगको लागि आफूहरु संरचना हटाउन बाध्य हुने बताउनुभएको छ । नगर प्रमुख शाहले सार्वजनिक गर्नुभएका प्रहरी बिटहरुमा प्रधानमन्त्री निवास अगाडि बालुवाटार, असन चोक, न्यूरोड पिपलबोट, रातो पुल, बौद्ध प्रहरी वृत्त अगाडि, चुच्चेपाटी, जडीबुटी चोक, सिनामंगल चोक लगायतका ठाउँका रहेका छन् ।
यस्तै उहाँले विभिन्न दूतावास लगायत विदेशी नियोगका हकमा पनि सम्बन्धित मन्त्रालयलाई काम अगाडि बढाउन आग्रह गरिएको बताउनुभएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।