प्रिमियर लिगमा शीर्ष स्थानको लिभरपुलको जीत, आर्सनल र एस्टनभिल्ल...
माघ ६, २०८१ आइतबार
काठमाण्डाै - काठमाण्डौ महानगरपालिकाका मेयर बालेन शाहले मापदण्ड विपरीत कार्य गर्ने विद्यालयलाई कारबाही गर्ने बताउनु भएको छ । विद्यालयले किताब बेच्ने गरेको र पाेसाकसमेत आफूले तोकेको ठाउँबाटै किन्न बाध्य पारेको गुनासो आएको भन्दै उहाँले यस्तो कार्य गर्नेलाई कारबाही गर्ने बताउनु भएको हो ।
बिहान सामाजिक सञ्जालमा स्टाटस लेख्दै मेयर शाहले विद्यालय आफैँले पुस्तक बेच्नु र तोकिएकै ठाउँमा पाेसाक किन्न अभिभावकलाई बाध्य पारिनु संस्थागत विद्यालय मापदण्ड तथा सञ्चालन निर्देशिका-२०६९ काे विपरीत भएको स्मरण गराउनु भएको छ ।
उहाँले महानगरका सबै विद्यालयलाई मापदण्ड अनुसार सञ्चालन गर्न आग्रह गर्नु भएको छ । यसअघि गएको १७ गते महानगरको शिक्षा विभागका शिक्षा अधिकारी रामप्रसाद सुवेदीले विज्ञप्ति निकालेर विद्यालयलाई पुस्तक नबेच्न र पाेसाक तोकिएकै ठाउँमा किन्न अभिभावकलाई बाध्य नपार्न आग्रह गर्नु भएको थियो ।
विज्ञप्तिमा किताब बेच्ने विद्यालयलाई कानुन अनुसार कारबाही गर्नेसमेत चेतावनी दिएको थियो । महानगरपालिकासहित काठमाण्डौ उपत्यकाका धेरै विद्यालयले किताब बेच्ने गरेका छन् भने तोकिएको ठाउँमै पाेसाक किन्न अभिभावक बाध्य छन् ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।