प्रिमियर लिगमा शीर्ष स्थानको लिभरपुलको जीत, आर्सनल र एस्टनभिल्ल...
माघ ६, २०८१ आइतबार
काठमाण्डाै - भक्तपुरमा आजदेखि बिस्का अर्थात् बिस्केट जात्रा सुरु हुँदैछ । तान्त्रिक विधिबाट आठ रात, नौ दिन मनाइने भक्तपुरको ऐतिहासिक एवम् सांस्कृतिक महत्त्व रहेको बिस्का जात्रा भक्तपुर नगरपालिका वडा नम्बर ५ टौमढीमा रहेको ङातापोल तथा भैरवनाथको मन्दिर परिसरमा निर्माण गरिएको भैरवनाथको रथ तानेर सुरु गरिन्छ ।
सूर्यमासअनुसार नयाँ वर्ष सुरु हुनु चार दिनअघि परम्परागत तान्त्रिक विधिअनुसार मनाइने बिस्का जात्रा सुरु हुन्छ । प्यागोडा शैलीमा बनाइएको तीन तले भैरवनाथको रथ तानेर बिस्का जात्रा प्रारम्भ हुने प्रचलन रहिआएको छ । अहिले भैरवनाथको रथसँगै भद्रकालीको रथ सिंगार्ने काम भइरहेको गुठी संस्थान भक्तपुरले जनाएको छ ।
भैरवनाथको रथ तान्नुअघि रथको अगाडि बेताल विराजमान गराइन्छ । त्यस्तै मन्दिरमा रहेको भैरवनाथलाई बाजागाजाको सवारीसहित रथमा विराजमान गराइन्छ । यो कार्य सकिएपछि विधिवत् रुपमा रथ तानिन्छ । भैरवनाथको रथ तानेर सुरु हुने जात्रा वैशाख ५ गते विधिवत् सम्पन्न गरिन्छ । अन्तिम दिन भैरवनाथको रथलाई तानेर पाँंचतले मन्दिर अगाडि पुर्याएपछि बिस्का जात्रा सम्पन्न हुन्छ ।
बिस्का जात्राअन्तर्गत चैत मसान्तको दिन भक्तपुर नगरपालिका वडा नम्बर ५ मा रहेको योसिङखेलमा ५५ हात लामो लिंगो ठड्याइन्छ । यो लिङ्गो सूर्यमासअनुसार नयाँ वर्षको पहिलो दिन ढालिन्छ । यस्तै, बिस्का जात्रा शान्तिपूर्ण बनाल्उन सद्भाव र्याली गरिएको छ ।
हिजो दत्तात्रय इनाय टोल र दूधपाटीबाट एकैसाथ सुरु भएको र्याली पाँचतले मन्दिर प्राङ्गण तौमढीमा पुगेर सभामा परिणत भएको थियो । ‘बिस्केट जात्रा शान्तिपूर्ण रुपमा मनाऔँ’ भन्ने नाराका साथ भएको र्यालीमा सांसद प्रेम सुवाल, भक्तपुर नगरपालिकाका मेयर सुनिल प्रजापति, भक्तपुरका प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजाल, सहायक प्रमुख जिल्ला अधिकारी माधवप्रसाद शर्मा, नेपाल प्रहरी, शसस्त्र प्रहरी, नेपाली सेना, विभिन्न विद्यालय एवं क्याम्पसका विद्यार्थी, नेपाल स्काउट, क्लब, सहकारी, विभिन्न सङ्घसंस्थाका सयौँ व्यक्ति सहभागी थिए ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।