प्रिमियर लिगमा शीर्ष स्थानको लिभरपुलको जीत, आर्सनल र एस्टनभिल्ल...
माघ ६, २०८१ आइतबार
काठमाण्डाै - काठमाण्डौ महानगरपालिकाले प्रमुख प्रशासनिक थलो सिंहदरबारको फोहर आज पनि नउठाउने भएको छ ।
मेयर बालेन्द्र शाहको निर्देशनपछि सिंहदरबारको फोहर उठेको छैन । आज पनि फोहर नउठ्ने महानगरपालिकाका प्रवक्ता नविन मानन्धरले बताउनुभयो । फोहर कहिलेदेखि उठाउने भन्ने अनिश्चित छ ।
‘हामीले निर्देशन अनुसार काम गर्ने हो’, मानन्धरले भन्नुभयो– ‘सम्भवत: सम्बन्धित पक्षबीच वार्ता र सहमति भए पछि फोहर उठ्ला ।’ अस्ति मेयर शाहले फेसबुकमा स्टाटस लेख्दै सङ्घीय सरकारले सहयोग नगरेको भन्दै सिंहदरबारको फोहर नउठाउने घोषणा गर्नुभएको थियो ।
उहाँको यो स्टाटस पछि सिंहदरबारको फोहर उठेको छैन । महानगर क्षेत्रको ढल व्यवस्थापनदेखि सुकुम्बासी समस्या समाधानका लागि असहयोग गरेको भन्दै दबाब दिन महानगरपालिकाले सिंहदरबारको फोहर नउठाएको हो ।
यसैबीच, काठमाण्डौ महानगरपालिका मेयर बालेन्द्र शाहले बाध्य भएर सिंहदरबारको फोहर नउठाएको बताउनु भएको छ । बिहान सामाजिक सञ्जालमा स्टाटस लेखेर उहाँले यो निर्णय कुनै लहडमा नभइ बाध्य भएर गरिएको बताउनु भएको छ । ९ महिनासम्म पटक पटक प्रयास गरे पनि बेवास्ता गरेको, गैरजिम्मेवारी र लापरबाही गरेको उहाँको आरोप छ । सङ्घीय सरकारसँग पटक–पटक पहल गरेको भए पनि सङ्घीय सरकारले समन्वयकारी भूमिका नखेलेको उल्लेख गर्नुभएको छ।
अव्यवस्थित बस्ती व्यवस्थापन, ट्राफिक लाइट व्यवस्थापन, मूर्ति चोरी, विदेशी नियोगले मिचेको फुटपाथ व्यवस्थापन, सामुदायिक विद्यालयका शिक्षक सरुवा तथा शिक्षकलाई समयमै तलब दिने, सरकारी अस्पताल सरसफाइ, बीमा, सर्वोच्च अदालतले दिएको मन्त्रालयको माथिल्लो तला भत्काउने आदेशको पालना, विमानस्थलको नक्सा पास, ५२ वर्षदेखि तीनकुनेमा सरकारले जग्गा मिचे पनि जग्गाधनीलाई मुअब्जा लगायतका थुप्रै विषय समाधानका लागि पटक पटक सङ्घीय सरकारसँग पहल गरे पनि सिंहदरबारले बेवास्ता गरेको उहाँले बताउनुभएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।