प्रिमियर लिगमा शीर्ष स्थानको लिभरपुलको जीत, आर्सनल र एस्टनभिल्ल...
माघ ६, २०८१ आइतबार
काठमाण्डाै - उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले काठमाण्डौ महानगरपालिकाका मेयरले सिंहदरबारको फोहर उठाउँदिनँ भनेर भन्न मिल्छ कि मिल्दैन भनेर प्रश्न गर्नु भएको छ ।
बिहान चितवनमा पत्रकारसँग कुराकानीका क्रममा उहाँले काठमाण्डौ मेयरले बालेन्द्र शाहले फोहर उठाउँदिनँ भन्न मिल्छ कि मिल्दैन भनेर प्रश्न गर्नु भएको हो ।
उहाँले भन्नुभयो –‘महानगरको मेयरले सिंहदरबारको फोहर उठाउँदिनँ भनेर भन्न मिल्छ कि मिल्दैन ? अझ सार्वजनिक रुपमा सामाजिक सञ्जालमामार्फत् भन्न मिल्छ कि मिल्दैन ? त्यसले महानगरपालिका र स्वयम् मेयरलाई कुन ठाउँमा समाजको अगाडि प्रस्तुत गर्छ भन्ने त उहाँले नै सोच्नु पर्ने हो ।’
श्रेष्ठले यस विषयमा धेरै टीकाटिप्पणी नगर्ने पनि बताउनु भएको छ । यस्तै, उहाँले सङ्घीय सरकारले स्थानीय सरकारसँग समन्वयसमेत गरिरहेको दाबी गर्नुभयो । तर, लहडका भरमा औचित्य पुष्टि नहुने खालका काममा भने सङ्घीय सरकारले सहयोग गर्न नसक्ने उहाँको भनाइ छ ।
काठमाण्डाै महानगरपालिकाका मेयर बालेन्द्र शाहले सङ्घीय सरकारले सहयोग र समन्वय नगरेको बताइरहेका बेला मन्त्री श्रेष्ठको यो अभिव्यक्ति आएको हो । सङ्घीय सरकारले सहयोग नगरेको भन्दै काठमाण्डौ महानगरपालिकाले अस्तिदेखि सिंहदरबारको फोहर समेत उठाएको छैन ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।
Ramesh Bhattarai
April 10, 2023, 6:46 p.m.काठमाडौंका मेयरले सिंहदरबारको फोहोर उठाउन्न भन्न त मिल्दैन तर संघीय/प्रदेश सरकारले काठमाडौं महानगरका मेयरले गर्न खोजेको उचित कामलाई असहयोग/असफल बनाउने प्रयास गर्छ भने ताली त एक हातले बज्दैन होला नि?