भविष्यमा आउने सरकारले पनि प्रेरणा लिने गरी बजेट बनाउँदैछाैँ : प्रधानमन्त्री प्रचण्ड

 चैत २७, २०७९ सोमबार १३:२५:४ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आउँदाे आर्थिक वर्ष २०८०/८१ को नीति, कार्यक्रम र बजेट विगतभन्दा नयाँ र गुणात्मक रूपमा ल्याउन लागिएको बताउनुभएको छ ।

सोमवार काठमाण्डाैमा आयोजित नेपाल चेम्बर अफ कमर्सको ७२ औँ वार्षिक साधारण सभा एवम् चेम्बर दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले आउँदाे बजेट विगतको भन्दा भिन्न र गुणात्मक रूपमा ल्याउन लागिएको बताउनुभएको हो । उहाँले परम्परागत सोच, नीति, कार्यक्रम र बजेटबाट देशको समृद्धि सम्भव नहुने बताउँदै भविष्यमा आउने सरकारले समेत प्रेरणा लिन सक्ने गरी बजेट र योजनाहरू तर्जुमा गरिने दाबी गर्नुभयाे ।

उहाँले भन्नुभयो, ‘परम्परागत सोच नीति, कार्यक्रम र बजेटबाट देशको समृद्धि सम्भव छैन भन्ने कुरामा सरकार स्पष्ट भएको छ । सरकारले यस पटक विगतभन्दा भिन्न, विगतभन्दा नयाँ, विगतभन्दा गुणात्मक केही नीति, कार्यक्रम र योजनाहरू अगाडि बढाउने गृहकार्य गरिरहेको छ जसबाट देशको विकास र समृद्धिमा गुणात्मक योगदान दिन सकियोस् । भविष्यमा आउने सरकारले समेत त्यसबाट प्रेरणा लिन सकुन् । नीति कार्यक्रम र बजेट परम्परागत नहोस् । गुणात्मक होस् । परिणाममुखी होस् ।’

प्रधानमन्त्री प्रचण्डले आफूले सरकारको नेतृत्व गरेको सय दिनमा अर्थतन्त्रका सूचकहरू सकारात्मक देखिएको बताउनुभयो । उहाँले देशको अर्थतन्त्रमा धेरै सङ्कट नदेखिएको जिकिर गर्नुभयाे । उहाँले दश महिनालाई पुग्ने विदेशी मुद्राको सञ्चिति रहेको उल्लेख गर्दै यसलाई सकारात्मक र उत्साहप्रदक स्थितिको रूपमा लिनुपर्ने बताउनुभयो । बैंकको ब्याजदर घटाउनका निम्ति पनि आफूले प्रयास गरिरहेको उहाँकाे भनाइ छ ।

प्रधानमन्त्रीले सरकार र निजी क्षेत्रले उत्पादन र रोजगारी वृद्धिमा ध्यान केन्द्रित गर्नुपर्नेमा जोड दिनुभयो ।

अन्तिम अपडेट: बैशाख २४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया