प्रहरी कार्यालय दार्चुलाको नयाँ भवनको शिलान्यास

 चैत २७, २०७९ सोमबार १५:७:५७ | उज्यालो सहकर्मी
unn.prixa.net

दार्चुला – जिल्ला प्रहरी कार्यालय दार्चुलाको नयाँ भवनको सोमवार शिलान्यास गरिएको छ । ११ करोड रुपैयाँको लागतमा निर्माण गर्न लागिएको भवनको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक (डीएसपी) तर्कराज पाण्डेयले शिलान्यास गर्नुभयाे । भवनको शिलान्यास गर्दै डीएसपी पाण्डेयले भवन निर्माणसँगै प्रहरी सङ्गठनले आफनो गुणस्तरीयतामा थप वृद्धि गर्ने बताउनुभयाे । 

पुरानाे भवन जीर्ण भएपछि अहिले जिल्ला प्रहरी कार्यालय दार्चुलाको नयाँ भवन बन्न लागेको हो । भवनको निर्माण १८ महिनामा सम्पन्न गरिसक्ने गरी सम्झौता भएको छ । भवन निर्माणको जिम्मा आसिस आलोक जोइन्ट भेन्चरले पाएको छ ।

नयाँ निर्माण हुने भवन तीन तलाको हुने छ । नयाँ बन्न लागेको भवनमा थुनुवा कक्ष, महिला पुरुष हिरासत कक्ष, बाल निगरानी कक्ष, ब्यारेक, कार्यालय प्रमुखको निवास, प्रहरीका आन्तरिक शाखाहरू निर्माण हुने डीएसपी पाण्डेयले बताउनुभयो ।

नयाँ भवन निर्माण कार्य सुरु भएपछि ५१ जना प्रहरी जवान महाकाली नगरपालिकाले निर्माण गरेको आइसोलेशन भवन तथा बृहत् खानेपानी कार्यालयले निर्माण गरेका भवन (भौराबगड) क्षेत्रमा प्रहरी निरीक्षक (इन्स्पेक्टर) गोविन्द भण्डारीको नेतृत्वमा बस्ने गरेका जिल्ला प्रहरी कार्यालयले जनाएको छ । यस्तै बाँकी प्रहरी अहिले कारागार तथा कोठा भाडामा लिएर बसिरहेका छन् । एकै पटक सबै संरचना भत्काएर सँगै निर्माण गर्नुपर्ने भएकाले व्यवस्थापनमा केही असजिलो भएको कार्यालयले जनाएको छ ।

अन्तिम अपडेट: जेठ ४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया