‘ए’ डिभिजन लिग फुटबलमा आज तीन वटा खेल हुँदै

 चैत २९, २०७९ बुधबार ८:२:४९ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा आज तीन वटा खेल हुँदैछन् । लिगको आठौं चरण अन्तर्गत आज दशरथ रंगशालामा दुई र च्यासल मैदानमा एक खेल हुनेछ ।

त्रिपुरेश्वरमा रहेकाे दशरथ रंगशालामा हुने पहिलो खेलमा न्युरोड टिम एनआरटी र संकटा क्लब दिउँसो दुई बजे खेल्दैछन् । एनआरटी ७ खेलमा ६ अंक जोडेर १२ औं स्थानमा रहेको छ । संकटा ९ अंकका साथ नवौं स्थानमा छ । यस्तै दशरथ रंगशालामा हुने दोस्रो खेलमा मनाङ मर्स्याङ्दी क्लब र सातदोबाटो क्लबबीच बेलुका पौने ६ बजे खेल हुनेछ ।

मनाङ ७ खेलमा १३ अंक जोडेर शीर्ष स्थानमा छ । सातदोबाटो १३ अंकका साथ चौंथो स्थानमा छ । यस्तै च्यासल मैदानमा एपीएफ क्लब र हिमालयन शेर्पाबीच दिउँसो २ बजे खेल हुनेछ । एपीएफ ७ खेलमा ११ अंक जोडेर सातौं तथा हिमालयन ६ अंक जोडेर ११ औं स्थानमा छ ।
 

अन्तिम अपडेट: बैशाख १९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया