जंगलमा गाई, बाख्रा चराउन गएकी ७ वर्षीया बालिका बलात्कृत

 कात्तिक ४, २०७५ आइतबार १३:७:५६ | उज्यालो सहकर्मी
unn.prixa.net

डोटी – अछामको कमलबजार नगरपालिकामा ७ वर्षीय बालिका बलात्कृत भएकी छन् । जिल्ला प्रहरी कार्यालय अछामका प्रमुख डीएसपी जनकबहादुर शाहीले दिनु भएको जानकारी अनुसार बालिकालाई कमलबजार नगरपालिका बस्ने १८ वर्षका किशोरले बलात्कार गरेका हुन् । 

बलात्कार गर्ने किशोरको परिचय खुलाइएको छैन । 

गएको असोज ३ गते जंगलमा गाई, बाख्रा चराउन गएकी ७ वर्षीया बालिकालाई जंगलमै ती युवकले बलात्कार गरेको भन्ने उजुरीका आधारमा पक्राउ गरिएको अछाम प्रहरी प्रमुख डीएसपी शाहीले बताउनु भयो ।

ती किशोरबाट अर्की १४ बर्षीया बालिकामाथि पनि बलात्कार प्रयास भएको जिल्ला प्रहरी कार्यालय अछामले जनाएको छ । दुवै घटनामा संलग्न भएको आरोपमा प्रहरीले पक्राउ गरी अनुसन्धान गरिरहेको छ । 

अन्तिम अपडेट: फागुन २६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया