अबको तीन दिन पहाडी क्षेत्र बाहेकका ठाउँमा खासै पानी पर्ने सम्भावना छैन : मौसमविद्

 वैशाख १३, २०८० बुधबार ८:२९:५८ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – देशका धेरै ठाउँमा अहिले बिहानको मौसम सामान्यतया सफा छ । दिउँसोपछि भने पहाडी जिल्लामा मौसम बद्ली भई केही ठाउँमा पानी पर्ने सम्भावना रहेको मौसमविद् विनु महर्जनले जानकारी दिनुभयो ।

उहाँका अनुसार पहाडी क्षेत्रबाहेक अन्य ठाउँको मौसम अबको तीन दिनसम्म नै सामान्यतया सफा रहने अनुमान छ । स्थानीय र पश्चिमी  वायुको प्रभावका कराण दिउँसोपछि भने काठमाण्डौसहित पहाडी क्षेत्रका केही ठाउँमा मेघगर्जन र चट्याङसहित हल्का पानी पर्ने अनुमान छ ।

यसैबीच, केही दिन अघि परेको वर्षाका कारण तुवाँलो केही हटेको छ । तर, फेरि तत्काल वर्षाको सम्भावना नरहेकाले प्रदुषण बढ्ने अनुमान गरिएको छ ।
 

अन्तिम अपडेट: असोज ८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया