बेलायतले काबुल दूतावासको सुरक्षामा खटिएका नेपालीलाई ‘डिपोर्ट’ गरेको खुलासा

 बैशाख १३, २०८० बुधबार ११:२८:४९ | एजेन्सी
unn.prixa.net

बेलायतले अफगानिस्तानको काबुलमा रहेको बेलायती दूतावासमा काम गरेका एक सयभन्दा धेरै नेपाली सुरक्षागार्डलाई गोप्य तरिकाले देशबाट निकाला ‘डिपोर्ट’ गरेर नेपाल पठाइएकाे खुलासा भएको छ ।

काबुलमा रहेको बेलायती दूतावासका कर्मचारीको सुरक्षामा खटिएका ती नेपाली गार्डलाई बेलायत बस्ने इच्छाविपरीत जबर्जस्ती निकाला गरिएको बेलायती अखबार द गार्डियनले उल्लेख गरेको छ । तालिबान सत्तामा आएपछि बेलायतसहित पश्चिमा देशहरुले सन् २०२१ अगस्टमा काबुलबाट हजारौँको सङ्ख्यामा उद्धार गरेका थिए । बेलायतको रोयल एयर फोर्स (आरएएफ) ले पनि आफ्नो दूतावासमा कार्यरत नेपाली तथा भारतीयसहित झण्डै २४ हजार ५ सय नागरिकको उद्धार गरेको थियो ।

अन–अराइभल ६ महिना भिसा हुँदा समेत बेलायतले उनीहरूलाई उद्धार गरेलगत्तै देश निकाला गरेको खबरमा उल्लेख छ । ती सुरक्षा गार्डहरुलाई बेलायतको नर्थ हयाम्प्टन, रेडिङ, अक्सफोर्ड र स्वपन्डनका होटेलमा १० दिन क्वरेन्टिन पनि नसकिँदै डिपोर्ट गरेको पाइएको छ ।

बेलायती गृह मन्त्रालयका प्रवक्ताले जोखिममा रहेका मानिसको उद्धार गर्न सरकार कटिबद्ध रहेको र त्यही मान्यताअनुरूप झन्डै २५ हजारलाई बेलायत ल्याइएको दाबी गरेका छन् ।
 

अन्तिम अपडेट: बैशाख २४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया