म्याग्दीमा अनलाइन प्रणालीमार्फत नागरिकताको सिफारिश गर्ने व्यवस्था
माघ ५, २०८१ शनिबार
काठमाण्डाै – आज आइतवार दिउँसो वीर अस्पतालको पुरानो घरको पर्खाल भत्किँदा चार जना घाइते भएका छन् ।
वीर अस्पतालको मुख्य भवन पछाडिको पुरानो भवनको छतको पर्खाल भत्केर बिरामी आफन्त कुरेर बसेका ठाउँमा खसेको हो । पर्खाललाई नछोपेको र घामपानीले असर गरेर कमजोर बनेको पर्खाल आज परेको पानीले भत्काएको हुनसक्ने अस्पतालले बताएको छ ।
छतको पर्खाल खसेर बिरामी आफन्त कुरेर बसेका अंशु चौधरी, धर्मेश्वर पन्थी, श्यामा देवी र रीना झा चौधरी घाइते हुनुभएको छ । घाइते सबैको वीर अस्पतालको ट्रमा सेन्टरमा उपचार भइरहेको छ । घाइते सबैको अवस्था सामान्य रहेको अस्पताल प्रशासनले बताएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।