साना–मझौला सङ्गठित संस्थाको धितोपत्र निष्कासन तथा कारोबार नियमावली लागू

सर्वसाधारणले ५ सय कित्ताभन्दा कम आवेदन दिन नपाउने

 माघ ३, २०८१ बिहीबार १४:२६:५० | उज्यालो सहकर्मी
unn.prixa.net

साङ्केतिक तस्वीर

काठमाण्डाै – नेपाल धितोपत्र बोर्डले साना तथा मझौला सङ्गठित संस्थाको धितोपत्र निष्कासन तथा कारोबार नियमावली लागू गरेको छ ।

नियमावली अनुसार बढीमा २५ करोड रुपैयाँसम्म चुक्ता पूँजी भएका कम्पनीले अब आईपीओ जारी गर्न पाउने छन् । कम्पनीले जारी पूँजीको ३० प्रतिशतभन्दा घटी र ४९ प्रतिशतभन्दा बढी नहुने गरी शेयर निष्कासन गर्न सक्ने नियमावलीमा उल्लेख छ । यसरी जारी भएको आईपीओमा सर्वसाधारणले न्यूनतम ५ सय कित्ताका दरले आवेदन दिन पाउनेछन् । ५ सय कित्ताभन्दा कम आवेदन दिन पाइने छैन ।

सर्वसाधारणलाई आईपीओ खुलाउनुअघि मर्चेन्ट बैंकरले ५ प्रतिशत र संस्थागत शेयरधनीले १५ प्रतिशत शेयर खरिद गरेको हुनुपर्नेछ । यस्ता लगानीकर्ताको लकइन पिरियड तीन वर्षको हुनेछ । अर्थात् तीन वर्षपछि मात्रै उनीहरूले शेयर बिक्री गर्न पाउनेछन् ।

नियमावलीको आवश्यक कार्यान्वयनका लागि नेपाल स्टक एक्सचेन्ज तथा सीडीएस एन्ड क्लियरिंगलाई पत्राचार गरिएको धितोपत्र बोर्डले जनाएको छ । शेयर निष्कासनका लागि खुला गरिएको धितोपत्र बिक्री बन्द भएको मितिले १५ दिनभित्र बाँडफाँट गर्नुपर्ने छ । साना तथा मझौला कम्पनीले आईपीओ जारी गर्नुअघि रेटिङ आवश्यक परेमा बोर्डले रेटिङ गराउन निर्देशन दिन सक्नेछ । तर रेटिङ नगरी पनि शेयर निष्कासन गर्न सक्नेछ ।

अन्तिम अपडेट: माघ ३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया