साढे २९ किलो चरेससहित रुकुम पूर्वको एकै ठाउँका ३ जना पक्राउ
फागुन २७, २०८१ मंगलबार
कर्मचारी भन्छन् : दसैँ बिदा कम भयो, कार्यालयमा हाई काढेर दिन ठेल्दैछौँ
काठमाडौं – सोमबार दिउँसो सिंहदरबार पुग्दा हरेकजसो मन्त्रालय सुनसान थिए ।
सिंहरदरबार परिसरभित्रको पार्किङमा सरकारी गाडी तर भरिभराउ जस्तै देखिएका थिए, तर मन्त्रालयभित्र पुग्दा कर्मचारीका कार्यकक्ष भने सुनसान नै थिए । धेरैजसो मन्त्रालयमा त कर्मचारीहरु नै पुगेका थिएनन्, कर्मचारी पुगेका कार्यकक्षमा पनि सेवाग्राही थिएनन्, कर्मचारीहरु हाई काढेर बसेका थिए ।
गएका वर्षहरुमा द्वादशीसम्म दसैँ बिदा हुन्थ्यो । तर गएको चैतमा सरकारले घटस्थापना, द्वादशी र कोजाग्रत पूर्णिमाको बिदा कटौती गरेपछि कर्मचारीलाई द्वादशीकै दिनमा कार्यालय आउने बाध्यता परेको छ । मुख्य पर्व दसैँमा सरकारले बिदा कटौती गर्दा द्वादशीको दिनमै कार्यालय आउन धौधौ परेको र कार्यालयमा आउँदा पनि हाई काढेर बस्नुपरेको कर्मचारीको गुनासो छ ।
‘बल्लतल्ल घरबाट कार्यालय आइयो, यहाँ आउँदा कुनै सेवाग्राही पनि छैनन, काम पनि छैन, यसरी हाई काढेर दिन ठेल्नुपरेको छ’, संस्कृति पर्यटन तथा नागरिक उड्यन प्राधिकरणका एक कर्मचारीले उज्यालो अनलाइनसँग भने, ‘बरु अरु बिदा कटौती गरेर भए पनि दसैँ बिदा चाहिँ अलि लम्ब्याउनुपर्ने हो ।’
अर्थ मन्त्रालयका एक कर्मचारीले दसैँमा बिदा कम भएका कारण आफन्तहरुको भनाई खानुपरेको गुनासो गरे ।
‘दसैँको दिन नै घरबाट हिँड्नुपर्ने बाध्यता छ, टीका थाप्न आफन्तकोमा जान पाइएको छैन, तँ ठूलो भइस्, हाम्रोमा त के आउँथिस् भन्ने टिप्पणी सुन्नुपरेको छ’ उनले भने, ‘काठमाडौैं नजिक घर भएका कर्मचारीलाई त ठिकै होला, तर हामीलाई त ४ दिन त घर आउजाउमै ठिक्क छ नि ।’
सरकारले २०७४ सालको चैतमा निर्णय गरेर २२ दिनको सरकारी बिदा कटौती गर्ने निर्णय गरेको थियो । सरकारले यो आर्थिक वर्षमा कुल ८९ दिन सरकारी बिदा दिएको छ । जसअन्तरगत सम्बन्धित धर्मालम्बीका लागि २२ दिन र सबैका लागि ६७ दिन बिदा दिइनेछ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।
Dinesh Kumar Ghimire
Oct. 22, 2018, 7:23 p.m.अदालतमा 15 दिन बिदा किन, के त्यहाँका कर्मचारी अर्कै ग्रह जान्छन दशै मनाउन ???