यू–१९ महिला विश्वकप : अष्ट्रेलियाले स्कटल्याण्डलाई हरायो
माघ ५, २०८१ शनिबार
काठमाण्डाै – पृथ्वी राजमार्गअन्तर्गत धादिङको धार्केमा एकर्तफी गाडी सञ्चालनमा आएकाे छ । गणेश खोला पुलमा अर्का भ्वाङ परेका कारण सडक एक घण्टा पूरै बन्द भएकोमा अहिले एकतर्फी गाडी सञ्चालनमा आएको छ ।
दिउँसो १२ बजेदेखि यो खण्ड हुँदै पृथ्वी राजमार्ग भएर चल्ने गाडी रोकिएका थिए । काठमाण्डौबाट छुट्ने लामो दुरीका गाडी कलङ्कीमै रोकिएका छन् । सडक एकतर्फी खुलेपछि रोकिएका गाडी चल्ने हुँदा बिस्तारै जाम कम हुने जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी नायब उपरीक्षक (डीएसपी) सन्तुलालप्रसाद जैसवारले बताउनुभयो । उहाँका अनुसार नेपाली सेना, सडक विभागका कर्मचारीलगायतको टोलीले सडक बनाउने काम गरिरहेको छ ।
अस्ति सोमवार दिउँसो ४ बजेदेखि बन्द सडक हिजो बिहान १० बजे बल्ल एकतर्फी खुलाइएको थियो । १८ घण्टासम्म सडक बन्द हुँदा हिजो रातिसम्म नै जाम भएको थियो । सडक दुईतर्फी नै नखुलेकाले प्रहरीले आज पनि वैकल्पिक सडक प्रयोग गर्न आग्रह गरेको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।