म्याग्दीमा अनलाइन प्रणालीमार्फत नागरिकताको सिफारिश गर्ने व्यवस्था
माघ ५, २०८१ शनिबार
काठमाण्डाै - निजामती कर्मचारीहरुले सिंहदरबारमा साङ्केतिक धर्ना दिएका छन् । बिहीवार आज सङ्घीय निजामती कर्मचारी सेवा ऐनको माग गर्दै निजामती कर्मचारीहरुले सिंहदरबारको दक्षिण गेटमा साङ्केतिक धर्ना दिएका हुन् ।
उनीहरुले सङ्घीय निजामती ऐन जारी नगरे वैशाख २४ गतेदेखि आन्दोलन झनै चर्काउने चेतावनी दिएका छन् । उनीहरुले यही २४ गतेसम्म पनि सरकारले आफूहरुका मागलाई चासो नदिए सिंहदरबारको काम ठप्प बनाउने र देशभर आन्दोलन गर्ने चेतावनी दिएका छन् ।
धर्ना कार्यक्रममा बोल्दै नेपाल निजामती कर्मचारी सङ्गठनका उपाध्यक्ष प्रभात साहले सङ्घीय निजामती ऐन तत्काल जारी गर्न माग गर्दा सरकारले बेवास्ता गरेकाले बाध्यतावश विरोधमा उत्रिनुपरेको बताउनु भयो ।
उहाँले सङ्घीय निजामती सेवा ऐन, प्रदेश निजामती सेवा ऐन, स्थानीय निजामती सेवा ऐन जारी गर्न साङ्केतिक रुपमा आन्दोलन गरेको बताउनु भयो ।
उहाँले भन्नुभयो, ‘हामीले सङ्घीय निजामती सेवा ऐन, प्रदेश निजामती सेवा ऐन, स्थानीय निजामती सेवा ऐन जारी गर्न साङ्केतिक रुपमा आन्दोलन गरेका हौँ । हामीहरुले कार्यालय प्रवेश नगरि साङ्केतिक आन्दोलन गरेका हौँ । यो कुरा सरकारले मानेन भने २४ गते फेरि बैठक बसेर कडा आन्दोलन गर्नेछौँ । आवश्यक परे हामी देशभर आन्दोलनको आह्वान गर्नेछौँ ।’
यसअघि पनि निजामती कर्मचारीहरुले सङ्घीय निजामती ऐन जारी गर्न माग गर्दै विभिन्न चरणमा साङ्केतिक विरोध जनाउँदै आएका थिए।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।