काठमाण्डौमा बिहानैदेखि चर्को घाम, देशका एक/दुई ठाउँमा मात्रै हल्का वर्षाको सम्भावना

 वैशाख २३, २०८० शनिबार ७:५२:१३ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – देशका धेरै ठाउँमा अहिले मौसम सफा रहेको छ । काठमाण्डौमा बिहानैदेखि घाम चर्किएको छ ।

गएको शनिबारदेखि लगातार झरी परेको काठमाण्डौमा हिजोदेखि मौसममा सुधार आएको हो । वर्षा भैरहेका देशका अरु ठाउँको मौसममा पनि सुधार हुँदै गएको छ । आज काठमाण्डौमा पानी नपर्ने, तर कोशी, गण्डकी र कर्णाली प्रदेशका पहाडी केही ठाउँमा दिउँसोपछि मौसम आशिंकदेखि सामान्य बदली हुने सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । ती क्षेत्रका एक/दुई ठाउँमा मेघ गर्जन र चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको महाशाखाका मौसमविद् गोविन्द झाले बताउनुभयो ।

आज राति पनि सुदूरपश्चिम, कर्णाली, गण्डकी र कोशी प्रदेशको पहाडी क्षेत्रमा मौसम आंशिकदेखि सामान्य बदली हुने तथा बाँकी ठाउँको मौसम सामान्यतया सफा नै रहनेछ । देशका पश्चिमी क्षेत्रको पहाडी क्षेत्रमा दुई/तीन दिन मेघगर्जनसहित हल्का वर्षाको सम्भावना छ । प्रि–मनसुनमा मेघ गर्जन र चट्याङ्गसहित क्षणिक वर्षाको सम्भावना हुने भएकाले चट्याङ्गबाट हुनसक्ने जोखिम बच्न आवश्यक सतर्कता र पूर्वतयारी अपनाउन मौसमविद्को सुझाव छ ।
 

अन्तिम अपडेट: असार १२, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया