साढे २९ किलो चरेससहित रुकुम पूर्वको एकै ठाउँका ३ जना पक्राउ
फागुन २७, २०८१ मंगलबार
तेह्रथुमका खडेरी पीडित किसानलाई राहत वितरण
तेह्रथुम – तेह्रथुमको छथर गाउँपालिकाका खडेरी पीडित किसानलाई राहत वितरण गरिएको छ ।
सुख्खाग्रस्त क्षेत्रका किसानले लगाएको बालीनालीमा खडेरीले क्षति पुर्याएपछि स्थानीय सरकार र प्रदेश सरकारले संयुक्त अनुगमन गरी क्षतिको विवरण संकलन गरेका थिए । क्षतिका आधारमा खडेरी पीडित ८ सय ५४ परिवारलाई ७ हजार १ सय ५० रुपैयाँका दरले राहत वितरण गरिएको हो ।
प्रदेश सरकारबाट प्रति परिवार ५ हजार रुपैयाँ र गाउँपालिकाबाट थप २ हजार १ सय ५० रुपैयाँ गरी खडेरी पीडित छथर गाउँपालिका वडा नं. ३, पन्चकन्या, ४, फाक्चामारा र ५ ओख्रेका ८ सय ५४ परिवारलाई ६१ लाख ६ हजार १ सय रुपैयाँ वितरण गरिएको गाउँपालिकाका अध्यक्ष सन्तवीर लिम्बूले बताउनुभयो ।
तत्कालका लागि क्षति हेरेर समान रुपले राहत वितरण गरिएको र अब दीर्घकालीन योजनाहरु मार्फत राहत पुर्याउने योजना रहेको गाउँपालिकाका अध्यक्ष लिम्बूले बताउनुभयो । चाडपर्वका बेला किसानलाई राहत पुगोस भन्ने ध्येयले पनि पहिलो चरणमा नगदै राहत वितरण गरिएको जनाइएको छ ।
खडेरीका कारण मकै लगायत अन्नबालीमा फल नै नलागी बोट सुकेपछि सुख्खाग्रस्त क्षेत्रका किसानले आफूहरुलाई भोकमरीको समस्या आउन लागेको भन्दै राहतको माग गरेका थिए ।
प्रभावित क्षेत्र तेह्रथुमको छथर गाउँपालिकासहित पाँचथरको कुम्मायक र तुम्वेवा गाउँपालिका तथा धनकुटाको चौबीसे गाउँपालिका क्षेत्रमा प्रदेश सरकारका आर्थिक मामिला मन्त्री इन्द्र आङ्बो सहितको टोलीले अनुगमन गरेको थियो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।