आगो निभाउन खोज्दा ज्यान गुमाउने घटना बढ्दो, जाजरकोटमा सामुदायिक वनका अध्यक्षको ज्यान गयो

 वैशाख २९, २०८० शुक्रबार १०:४०:१९ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्बिर

काठमाण्डाै - वनमा लागेको आगो निभाउने क्रममा ज्यान गुमाउने घटना बढ्न थालेको छ । अर्घाखाँची र दैलेखपछि जाजरकोटमा पनि यस्तै घटना भएको छ । जाजरकोटको भेरी नगरपालिका-७ मा आगो निभाउने क्रममा जलेर सामुदायिक वनका अध्यक्षको ज्यान गएको हो । 

हिजो दिउँसो सामुदायिक वनमा लागेको आगो निभाउने क्रममा पातिहाल्न सामुदायिक वनका अध्यक्ष दलजित कार्कीको जलेर ज्यान गएको भेरी नगरपालिका ७ का वडाध्यक्ष दीपबहादुर शाहीले जानकारी दिनुभयो । उहाँका अनुसार हिजो दिउँसो सामुदायिक वनमा आगो निभाउन खोज्दा जलेर घाइते भएका कार्कीको उपचारका लागि अस्पताल लैजाने तयारी गर्दै गर्दा ज्यान गएको हो । गाउँलेहरुको प्रयासमा डढेलो गएराति निभाइएको छ । 

यसअघि गएको मङ्गलवार अर्घाखाँचीमा आगलागी हुँदा एकै गाउँका चार जनाको ज्यान गएको थियो । यस्तै, दैलेखमा अस्ति बुधवार वनमा लागेको डढेलोमा परेर एक जनाको ज्यान गएको थियो भने जलेर घाइते भएका सात जनाको उपचार भइरहेको छ । 

विज्ञले सुरक्षाका उपाय अपनाएर मात्र आगो निभाउन आग्रह गरेका छन् । सुरक्षाको उपायविना आगो  निभाउँदा ज्यान जाने खतरा धेरै हुने राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका उपसचिव सुन्दरप्रसाद शर्माले बताउनुभयो ।

केही दिन अघिसम्म तराई र मध्यपहाडी क्षेत्रमा रहेको डढेलो अहिले उच्च पहाडी र हिमाली क्षेत्रमा पनि देखिन थालेको छ । धेरैजसो आगलागी र डढेलो मानवीय लापरबाहीकै कारण लाग्ने भएकाले  सचेत हुन र सावधानी अपनाउन विज्ञले आग्रह गर्दै आएका छन् । 

अन्तिम अपडेट: पुस २७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया