अमेरिकामा टिकटकमाथि प्रतिबन्ध लगाउने पक्षमा सर्वोच्चको फैसला
माघ ५, २०८१ शनिबार
काठमाण्डाै - यस वर्षको वसन्त ऋतुमा सगरमाथा आरोहणका लागि शिखरसम्मको बाटो खुलेको छ । शिखरसम्मको बाटो बनाउँदै आज दिउँसो एक बजेर ५२ मिनेटमा आइसफल डाक्टरहरुको टोली सगरमाथाको शिखरमा पुगेको पर्यटन विभागका सगरमाथा आधार शिविर प्रतिनिधि खिमलाल गौतमले जानकारी दिनुभयो ।
यस वर्ष दोस्रो शिविरभन्दा माथि शिखरसम्मको बाटो बनाउने जिम्मा लिएको इमाजिन नेपालको टोली शिखरमा पुगेको हो । बाटो बनाउने टोलीमा नौ जना आरोहीहरु सहभागी हुनुहुन्छ।
इमाजिन नेपालका प्रबन्ध निर्देशक एवं चर्चित आरोही मिङ्मा शेर्पाको संयोजनमा भएको बाटो बनाउने काममा टोली प्रमुख दावा ग्याल्जे शेर्पासहित ङिमा नुरू शेर्पा, लाक्पा शेर्पा, दिपेन गुरुङ, पासाङ ङिमा शेर्पा, लाक्पा तेन्जिङ शेर्पा, फुर गेल्जेन शेर्पा, दा जाङ्बु शेर्पा र सुमन गुरुङ हुनुहुन्छ ।
आइसफल डाक्टरले यही वैशाख १० गते नै सगरमाथाको चौथो शिविरसम्म बाटो खुलाइसकेका थिए । वैशाख २१ गते नै शिखरसम्मको बाटो खुलाउने तयारी रहेको भए पनि मौसम प्रतिकूल हुँदा ढिलाइ भएको हो ।
सगरमाथाको दोस्रो शिविरसम्म सगरमाथा प्रदूषण नियन्त्रण समिति (एसपीसीसी) ले बाटो बनाएको थियो ।
भोलिदेखि मे २० तारिखसम्म सगरमाथाको मौसम राम्रो देखिएकाले यसबीचमा आरोहण हुने गौतमले जानकारी दिनुभयो । चौथो शिविरमा रहेका केही आरोहीहरु आज राति शिखरतर्फ लाग्ने भएकाले भोलि बिहानदेखि आरोहीहरु शिखरमा पुग्ने क्रम सुरु हुने उहाँले बताउनुभयो । यस वर्षको वसन्त ऋतुमा सगरमाथा आरोहणका लागि इतिहासकै धेरै चार सय ६७ जनाले अनुमति लिएका पर्यटन बोर्डले जनाएको छ ।
नेपालसहित ६५ देशका नागरिकले अनुमति लिएकोमा ९८ जना महिला आरोही छन् । पहिलो पटक सन् १९५३ मे २९ तारिखका दिन नेपालका तेञ्जिङ नोर्गे शेर्पा र न्युजिल्याण्डका सर एडमन्ड हिलारी सगरमाथाको चुचुरोमा पुग्नुभएको थियो । सगरमाथाको चुचुरोमा मानवले पहिलो पटक पाइला टेकेको यस वर्ष ७० वर्ष पुगेको छ ।
तस्बिर : खिमलाल गाैतमकाे फेसबुक
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।