सेनाले सगरमाथा र ल्हाेत्से हिमालबाट सङ्कलन गरेकाे १ टन फाेहाेर एसपीसीसीलाई हस्तान्तरण

 जेठ २, २०८० मंगलबार २०:३२:४४ | उज्यालो सहकर्मी
unn.prixa.net

साेलुखुम्बु – नेपाली सेनाले विश्वको सर्वोच्च शिखर सगरमाथा र ल्होत्से हिमालबाट सङ्कलन भएको झन्डै एक टन फोहोर सगरमाथा प्रदूषण नियन्त्रण समिति (एसपीसीसी) लाई हस्तान्तरण गरेको छ ।

सेनाको नेतृत्वमा 'सफा हिमाल' अभियानमार्फत सङ्कलित नौ सय ५० किलो नकुहिने फोहोर आज मङ्गलवार नाम्चेमा एसपीसीसीलाई हस्तान्तरण गरिएकाे हो । नकुहिने फोहोर हेलिकप्टरमार्फत काठमाण्डौ ल्याइने नेपाली सेनाले जनाएको छ । कुहिने फोहोर भने नाम्चेमा नष्ट गरिने एसपीसीसीका अध्यक्ष लामा काजी शेर्पाले बताउनुभयो ।

प्रमुख सेनानी किशोर अधिकारी नेतृत्वको १३ जना नेपाली सेना र अन्य समूहले गएको चैत २० गतेदेखि सगरमाथा र ल्होत्से हिमाल सफाइ गरिरहेका छन् । 'सफा हिमाल' अभियान जेठ १५ गतेसम्म चल्ने सेनाका सेनानी खिमबहादुर डाँगीले जानकारी दिनुभयो ।

अन्तिम अपडेट: पुस २, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया