अमेरिकी डलरको भाउमा फेरि कीर्तिमान
माघ ५, २०८१ शनिबार
काठमाण्डौ – आज विश्व उच्च रक्तचाप दिवस मनाइँदै छ । हरेक वर्ष मे १७ तारिखमा यो दिवस मनाउने गरिएको छ । दिवस सन् २००५ देखि मनाउन थालिएको हो ।
तनावयुक्त जीवनशैली, अस्वस्थ खानपान, प्याकेटका खानेकुरा, प्रशोधित पदार्थ लगायतका कारण उच्च रक्तचापका बिरामीको सङ्ख्या दिनप्रतिदिन बढ्दै गएको छ ।
उच्च रक्तचापलाई ‘हाइपरटेन्सन’ पनि भनिन्छ । उच्च रक्तचाप नसर्ने धेरै रोगमध्ये अकाल मृत्युको प्रमुख कारण बनेको छ ।
उच्च रक्तचापका कारण मुटु, मृगाैला, मस्तिष्क र आँखामा जटिल समस्या आउन सक्ने मुटु रोग विशेषज्ञ डाक्टर शिवजी बिक्रम सिलवालले बताउनुभयो ।
केही वर्ष यता नेपालमा उच्च रक्तचापका बिरामीहरु बढिरहेका छन् । डाक्टर सिलवालका अनुसार जाँडरक्सी खाने, चुरोट–सुर्ती खाने, मोटोपन भएका र शारीरिक परिश्रम नगर्ने व्यक्तिहरुलाई उच्च रक्तचापको जोखिम हुन्छ ।
यस्तै, मधुमेह, मिगौलाको समस्या भएका र गर्भवतीहरुलाई पनि उच्च रक्तचापको जोखिम हुने मुटु रोग विशेषज्ञ डाक्टर शिवजीबिक्रम सिलवालले बताउनुभयो ।
यस्तै, धेरै नुन तथा बोसो र चिल्लो पदार्थ खाने, हरियो सागसब्जी तथा फलफूल कम खाने तथा मानसिक तनावका कारण पनि उच्च रक्तचापको जोखिम हुन्छ ।
बेलैमा उपचार गराएर रक्तचापलाई सन्तुलनमा नराखे मृगौला फेल हुने, हृदयघात, पक्षघात हुने, हातखुट्टा नचल्ने जस्ता समस्या देखिने डाक्टरले बताएका छन् ।
सन्तुलित खानपान, शारीरिक अभ्यास र तनाव घटाए उच्च रक्तचापको समस्या कम हुने डाक्टर बताउँछन् ।
रक्तचाप नियन्त्रणमा राख्न तनाव व्यवस्थापनसहित स्वस्थ जीवनशैली अपनाउन तथा योग र ध्यान गर्न डाक्टरको सुझाव छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।