रसुवाको गोसाइँकुण्डमा विशेष मेला सुरु, समस्या परे १०० मा फोन गर्न आग्रह

 जेठ ६, २०८० शनिबार ८:४४:२५ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

रसुवा – रसुवाको गोसाइँकुण्डमा आजदेखि विशेष मेला सुरू भएको छ । गङ्गा दशहरा अन्तर्गत १० दिने विशेष मेला भर्न आएका भक्तजनले आज बिहानैदेखि कुण्डमा स्नान तथा आराधना गर्न थालेका छन् ।

आज पहिलो दिन झण्डै पाँच सय भक्तजनले गोसाइँकुण्डमा स्नान गर्ने र भक्तजन आउने क्रम निरन्तर रहेको लाङटाङ राष्ट्रिय निकुञ्जका सूचना अधिकारी एवं सहायक संरक्षण अधिकृत मिलन सापकोटाले जानकारी दिनुभयो । दशहरा पर्वमा १० दिन एवं जनैपूर्णिमा पर्वका अवसरमा पाँच दिन गरी हरेक वर्ष १५ दिन निलाद्री पर्वतमा विशेष मेला लाग्ने गर्छ ।

यस वर्षको गङ्गा दशहरा पर्वमा पाँच हजार भक्तजन गोसाइँकुण्ड पुग्ने अनुमान छ । त्यसै अनुसार सुरक्षा प्रबन्ध मिलाएको र उद्धार गर्नुपर्ने अवस्थामा निःशुल्क फोन नम्बर एक सयमा खबर गर्न जिल्ला प्रहरी कार्यालय रसुवाका प्रमुख सुवास बुढाथोकीको अनुरोध छ । 
 

अन्तिम अपडेट: पुस २, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया