जापानले नेपाललार्इ एक अर्ब ८५ करोड अनुदान सहायता गर्ने

 कात्तिक ८, २०७५ बिहीबार १४:२:५० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाडाैं - जापानले बीपी राजमार्ग पुनर्निर्माणका लागि नेपाललाई एक अर्ब ८५ करोड रुपैयाँ अनुदान सहायता उपलब्ध गराउने भएको छ ।

अर्थ मन्त्रालयका सचिव डा. राजन खनाल र नेपालका लागि जापानका राजदुत मिसामिची साईगोबीच बीपी राजमार्ग पुनर्निर्माणका लागि नेपाललाई उपलब्ध गराइने आर्थिक सहायतासम्बन्धी सम्झौता पत्रमा विहीबार हस्ताक्षर भएको हो ।

अर्थ मन्त्रालयका आयोजित एक कार्यक्रमका बीच गरिएको सम्झौंता अनुसार आगामी सन् २०२० भित्र बीपी राजमार्गको १ सय ६० किलोमिटर भित्रको २० ठाउँमा भूकम्पले पुर्‍याएको क्षतिको पुनर्निर्माण सम्पन्न गर्नुपर्नेछ ।

सन् २०२० भित्र पुनर्निर्माणको काम सम्पन्न हुने गरी जापान सरकारले बीपी राजमार्ग पुनर्निर्माणका लागि सो अनुदान सहायता उपलब्ध गराउने भएको अर्थ सचिव डा. खनालले जानकारी दिनु भयो ।

कार्यक्रममा बोल्दै नेपालका लागि जापानका राजदुत साइगोले नेपालको कृषि, पर्यटन र विद्यालय तहको बालबालिकाको पठनपाठनलाई सहज बनाउन विपी राजमार्ग पुनर्निर्माणका लागि आर्थिक सहायता उपलब्ध गराउन लागिएको बताउनु भयो ।

उहाँले नेपालको आर्थिक विकासमा जापान सरकारले आवश्यक सहयोग उपलब्ध गराउँदै जाने प्रतिवद्धता पनि व्यक्त गर्नुभयो ।

२०७२ सालमा आएको विनाशकारी भूकम्पले सो राजमार्ग अन्तरगत २० वटा ठाउँ भाँसिएको थियो । जापान सरकारकै आर्थिक सहायतामा निर्माण गरिएको सो राजमार्ग २०७१ सालदेखि संचालनमा आएको थियो ।

अन्तिम अपडेट: फागुन २६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया