साढे २९ किलो चरेससहित रुकुम पूर्वको एकै ठाउँका ३ जना पक्राउ
फागुन २७, २०८१ मंगलबार
काठमाडौं – सरकारले काठमाडौंमा रहेका चार वटा मिनरल वाटर उद्योगमा सिलबन्दी गरेको छ ।
बिहीबार अनुगमनको क्रममा मापदण्ड विपरीत प्रशोधित पिउने पानी उत्पादन गरिएको पाइएपछि काठमाडौंको विभिन्न स्थानमा रहेका स्नो ब्रेभरेज प्रालि, कञ्चनजंगा मिनरल वाटर उद्योग, अक्वा मिनरल वाटर उद्योग र सिटी मिनरल वाटर प्रालिमा सिलबन्दी गरेको हो । प्रशोधित पिउने पानी उत्पादन मापदण्ड निर्देशिका विपरीत सञ्चालनमा रहेका चारवटै मिनरल वाटर उद्योगमा पानी उत्पादन गर्न रोक लगाइएको कृषि तथा पशुपंक्षी विकास मन्त्रालयका सचिव युवकध्वज जिसीले जानकारी दिनुभयो ।
अनुगमनका क्रममा कतिपय मिनरल वाटर उद्योग दर्ता नभएको समेत भेटिएको छ । विधिसम्मत ढंगले सञ्चालनमा नरहेका मिनरल वाटर उद्योगलाई अनुगमन टोलीले तत्काल प्रक्रिया पूरा गर्न पनि सचेत गराएको छ । सचिव जिसीले उद्योगमा दर्तासमेत नगरेका मिनरल वाटर उद्योगहरुलाई प्रक्रिया पूरा गरेर मात्रै पिउने पानी उत्पादन गर्न सचेत गराइएको पनि स्पष्ट पार्नुभयो । तोकिएको मापदण्ड पूरा नगरी पिउने पानी उत्पादन गर्ने उद्योगमाथि कडा कारबाही गर्ने उहाँले चेतावनी पनि दिनुभयो ।
खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको टोली लिएर आफै मिनरल वाटर कम्पनी अनुगमनमा निस्कनु भएका सचिव जिसीले सरकारले मानव स्वास्थ्यमाथि खेलवाड हुने गरी खाद्यवस्तु उत्पादन गर्ने कुनै पनि उद्योगलाई कारबाहीको दायरामा ल्याउने पनि स्पष्ट पार्नुभयो । सरकारले यस वर्ष खाद्यवस्तुको स्वच्छता कायम गर्न खाद्य स्वच्छता अभियान नै सञ्चालन गरेको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।
Siddhartha
Oct. 26, 2018, 4:30 a.m.हैन, यस्तो मानिसको स्वास्थ्यमा खेलवाड गर्नेहरुसंग किन सरकारले मुद्दा लगाएर भारी जरिवाना गराउँदैन ? उसले यो बन्द भए अर्को नाम दर्ता गराएर कम्पनी खोल्छ /