नेपालमा राेजगारीका अवसर छन् तर कतिले खोज्नै जान्दैनन्, कतिसँग सीप नै हुँदैन

 जेठ २४, २०८० बुधबार १४:५३:५९ | मेरो कथा मेरो भोगाई
unn.prixa.net

अंशु किरण शाही/काठमाण्डाै 

म जागिर खाेजिदिने अनलाइन पाेर्टल मेरो जब डट कम तथा राेजगारी डट कममा कार्यरत छु । गएको जेठ १६ र १७ गते काठमाण्डौमा रहेको नेपाल उद्योग वाणिज्य महासंघको प्रांगणमा रोजगार मेला चलेको थियो । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय र अन्तर्राष्ट्रिय श्रम संगठनको सहयोग तथा रोजगार सेवा केन्द्र एवम् मेरो जवको प्राविधिक सहयोगमा महासंघले मेलाको आयोजना गरेको थियो । मेलामा नेपालका विभिन्न क्षेत्रका ५४ वटा प्रतिष्ठित कम्पनीको सहभागिता थियो । ती कम्पनीले करिब छ सय रोजगारीको अवसर खुला गरेका थिए । म पनि  त्यहाँ सहभागी भएको थिएँ । 

मेलामा 'पार्टटाइम जब' खोज्ने, सेल्स एण्ड मार्केटिङ र आइटी सम्बन्धित काम खोज्ने धेरै भेटिए । यस्तै प्लम्बिङ, इलेक्ट्रिसियन, कुक, वेटर लगायतका काम खोज्ने पनि त्यति नै थिए । जति जना हामीसँग ठोक्किनुभएको थियो, उहाँहरुमध्ये धेरै 'पार्टटाइम जब'को खोजिमा आउनुभएको थियो । जसमा अधिकांश जस्तो विद्यार्थी थिए । अहिले नेपालमा पढाइसँगै काम गर्नुपर्छ भन्ने चेतनाको विकास भएको देखेँ । 

जागिर खोज्न आएकाहरुमध्ये धेरैजसो १८ देखि ३० वर्ष उमेरका थिए । अहिलेसम्म काम नगरेका तर काम गर्न इच्छाएकाहरु धेरै देखिए । मेलामा भेटिएका धेरैले विदेश जाने भन्दा पनि नेपालमै केही गर्न सकिन्छ कि भन्ने सोच बनाएका थिए । यस्तै एक दुई वर्ष नेपालमै काम गरेर विदेश जाने सोच बनाएकाहरु पनि उति नै थिए ।

नेपालमा रोजगारी नभएको होइन । काम गर्न इच्छायो भने बजारमा धेरै जागिर उपलब्ध छन् । तर मैले त्यहाँ देखेअनुसार जागिर खोज्ने तरिका तथा माध्यमकै बारेमा धेरैलाई थाहा नभएको जस्तो लाग्याे । कतिवटा कम्पनीको बारेमा त धेरैलाई थाहा हुँदैन । यस्ता कम्पनी पनि रहेछन् नेपालमा भनेर आश्चर्य मान्नेहरु पनि भेटिए । हाम्रो शिक्षा व्यवस्थामा पनि यस्तो कमजोरी छ जस्तो लाग्छ । विकसित देशहरुमा पढ्दै गर्दा पार्ट टाइम काम गर्नेदेखि कसरी काम खोज्ने लगायतका कुराहरु पाठ्यक्रममै सिकाइएको हुन्छ । तर हाम्रोमा त्यस्तो अभ्यास देखिँदैन । त्यसैले यस्तो रोजगार मेलाले त्यस्ता व्यक्तिहरुलाई सहयोग गरेको छ । रोजगार मेलामा जानुपर्छ । देशमा रोजगारीको अवसर के कस्तो छ भन्ने पनि थाहा हुन्छ । बजारमा कस्तो काम पाइन्छ, त्यो काम कहाँ कसरी खोज्ने, आवेदन कसरी दिने भन्ने लगायत कुराहरुबारे युवावर्गमा जानकारी दिन पनि यो मेला सहयोगी भएको जस्तो मलाई लाग्छ ।

नेपालमा रोजगारीको अवस्था कमजोर त छ । तर रोजगारी हुँदै नभएको पनि होइन । बजारमा धेरै रोजगारी छ तर काम गर्न चाहनेहरुले त्यस्ता रोजगारीका अवसरसम्म पुग्न नसकिरहेको अवस्था रहेछ । यस्तै सीपको पनि अभाव भएको देखियो । ब्याचलर डिग्री साथमा भए पनि सीपहरु नभएका धेरै थिए । कतिपयले सीप नहुँदा काम पाइन गाह्रो पनि भयो । यस्तो अवस्थामा यस्ता रोजगार मेलाहरुले निकै सहयोग गरेको छ । उनीहरुलाई सीपको महत्व पनि जगाएको छ । रोजगारदाता, रोजगारीका अवसर र काम गर्न खोज्नेहरुलाई भेटाएको छ ।

अहिले बजारमा जागिर खोजिदिने भन्दै विज्ञापनहरु छ्यापछ्याप्ती देखिन्छन् । तर तीमध्ये धेरैजसो विश्वसनीय हुँदैनन् । ठग्ने मनसायले खोलेका हुन्छन् । काम दिलाउँछु भन्दै आवेदन भर्न लगाएर पैसा लिने, फेरि काम लगाइदिएपछि महिनाको तलबबाट काट्ने गरेका छन् । कसैले त आवेदन भराएर कामै नखोजिदिने  पनि रहेछन् । जुन नेपाल सरकार तथा आईएलओको नियम विपरीत हुन्छ । यसले गर्दा मापदण्ड पूरा गरेर चलिरहेका जब सिकर पोर्टलहरुको पनि बदनाम भएको छ । यसमा सम्बन्धित निकायको ध्यान जानुपर्छ । हामीले यसबारे आवाज उठाइरहेका छौँ । त्यसैले एकदमै भरपर्दो जब पोर्टलमार्फत मात्र काम खोज्नुपर्छ ।

अंशु किरण शाही राेजगारी डट कम र मेराे जब डट कममा कार्यरत हुनुहुन्छ ।

अन्तिम अपडेट: चैत १५, २०८०

9 Comments

  • Santosh basnet

    June 8, 2023, 11:39 p.m.

    I am a civil sub engineer and I am seeking for a job. I would able to find a job but the salery given in this job never be satisfactory. I can get 10k/month job but this doesn't enough ,like the villager have to stay in city area and we have to pay the rent ,food, . The amount of the salery of one month can be finished for ourselve expenses.

  •  0 Reply
  • Martin gurung

    June 8, 2023, 7:17 p.m.

    मेरो पनि होटेल training छ so मैले पनि job लगाउन सके सेवा हुन्थ्यो plz can i link your company

  •  0 Reply
  • Krishna Paudel

    June 8, 2023, 1:28 p.m.

    Could you please recommend the best site to find the job in Nepal basically in Kathmandu. I have a long experience on academic sectors and double degree MA from TU and IMBA from Rome Business School, Italy.

  •  0 Reply
  • मङ्गल तमाङ

    June 8, 2023, 12:50 p.m.

    मैले पनि नेपालमा जगिर धेरै गरे तर सब काम चोर अनि अर्कालै चुक्ली गर्ने काम को अनुभव लै कदर नगर्ने मत्रा भेटे मैले यो cg कम्पनिमा देखेको कोबिट्को बेला मैले 65 बिन को तलब छोडेरा काम छोडेको छ।

  •  0 Reply
  • I want contact

    June 8, 2023, 12:34 p.m.

    I want contact with you

  •  0 Reply
  • Ashok

    June 8, 2023, 12:32 p.m.

    Computer technician

  •  0 Reply
  • Samjhana Tamang

    June 7, 2023, 9:24 p.m.

    केही काम गर्न चाहन्छु

  •  0 Reply
  • Tirtha Tamang

    June 7, 2023, 4:30 p.m.

    मैले रोज्गार खोजेको ६ महिना भयो कतैइ पाएको छैन तपाइहरु आफ्नो t r p पाउन एस्तो झुठ्को खेति गर्नु हुन्छ म सङ्ग सबैइ सिप छ तर पाको छैन म साउदिमा 18 बर्ष बिताए अब नेपालमै केहि गर्छु भनेको सात महिना भयो

  •  0 Reply
  • manju khaling

    June 7, 2023, 4:29 p.m.

    कसरी पाउने जब सर धेरैले जब लगाई दिने नाममा ठगछ मात्रै

  •  0 Reply

तपाईको प्रतिक्रिया