नेपाल संस्कृत विश्वविद्यालयले १२ वर्षपछि दीक्षान्त समारोह गर्दै

 जेठ २७, २०८० शनिबार १०:१३:४२ | हेमराज शर्मा
unn.prixa.net

दाङ – नेपाल संस्कृत विश्वविद्यालय, बेलझुण्डीले १२ वर्षपछि दीक्षान्त समारोह गर्न लागेको छ । १० वटा शैक्षिक सत्रमा विश्वविद्यालयबाट विद्यावारिधि, आचार्य, शास्त्री, एक वर्षे शिक्षा सास्त्री र बि‍.एम.एस उत्तिर्ण गरेका ४ हजार ७ सय ७३ मध्य निवेदन दिएका ५ सय ७५ जना विद्यार्थी दीक्षीत हुन लागेका छन् ।

प्रधानमन्त्री पुष्पकमल दहाल प्रचण्डको अध्यक्षता तथा सम्पूर्णानन्द संस्कृत विश्वविद्यालय वराणसीका कुलपति प्राध्यापक हरेराम त्रिपाठीको प्रमुख आतिथ्यमा जेठ ३१ गते कार्यक्रम गर्ने तयारी गरिएको छ । बेलझुण्डीमा पत्रकार सम्मेलनको आयोजना गरेर विद्यावारिधि उपाधि हासिल गरेका १२० जना, आचार्य तह उत्तिर्ण १४५ जना, शास्त्री तह उत्तिर्ण १६३, आयुर्वेद स्नातक उत्तिर्ण ५७ र एक वर्षे शिक्षा शास्त्री उत्तिर्ण गरेका ९० जना दीक्षीत हुने शिक्षाध्क्ष प्राध्यापक डा.भीम खतिवडाले जानकारी दिनुभयो ।

विश्वविद्यालयमा विभिन्न समयमा हुने आन्दोलन, हडताल, ताला बन्दीका कारण समयमा दीक्षान्त समारोह हुन सकेको थिएन । 

अन्तिम अपडेट: बैशाख १२, २०८१

हेमराज शर्मा

दाङमा बसेर पत्रकारिता गर्ने हेमराज शर्मा लामो समयदेखि उज्यालोमा कार्यरत हुनुहुन्छ ।  

तपाईको प्रतिक्रिया