कांग्रेस महासमिति बैठक तयारीका लागि समिति गठन
असोज ८, २०८० सोमबार
दाङ - देउखुरीको लमही नगरपालिका-९ अमिलियाबाट बाघको छाला र हड्डीसहित दुईजना पक्राउ परेका छन् ।
प्रहरीले राजपुर गाउँपालिका-७ बस्ने ३१ वर्षीय वीरबहादुर पुन र रोल्पा माडी गाउँपालिका-३ बस्ने २८ वर्षीय अमलाल घर्ती मगरलाई पक्राउ गरेकाे हाे ।
इलाका प्रहरी कार्यालय तुलसीपुर र इलाका प्रहरी कार्यालय अमिलियाबाट संयुक्त रुपमा खटिएको प्रहरीले बा २० प ९०७२ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा उनीहरूलाई बाघको छाला र हड्डीसहित पक्राउ गरेको हो ।
दाङमा बसेर पत्रकारिता गर्ने हेमराज शर्मा लामो समयदेखि उज्यालोमा कार्यरत हुनुहुन्छ ।