पीएम कप: प्रदेश-५ लार्इ हराउँदै अार्मी फाइनलमा

 जेठ २५, २०७५ शुक्रबार १७:४२:२१ | उज्यालो सहकर्मी

प्रदेश–५ लाई १५४ रनको भारी अन्तरले हराउँदै त्रिभुवन आर्मी क्लब एक्सेल्सिया कलेज प्रधानमन्त्री कप एक दिवशीय क्रिकेट प्रतियोगिताको फाइनलमा पुगेको छ ।

विभागीय टिम आर्मीका ओपनर सागर पुनले ११८ रनको शतकीय पारी खेलेपछि आर्मीले ५० ओभरमा ८ विकेट गुमाएर २८९ रनको विशाल योगफल खडा गरेको थियो ।

२९० रनको विजय लक्ष्य पछ्याएको प्रदेश–५ १३५ रनमै अलआउट भएपछि आर्मीले फाइनलको यात्रा पक्का पारेको हो । आर्मीले उपाधिका लागि अब नेपाल पुलिस क्लब र एपीएफवीच हुने दोस्रो सेमिफाइनलको विजेतासँग प्रतिष्पर्धा गर्नेछ । दोस्रो सेमिफाइनल शनिवार हुनेछ ।
 
त्रिवि मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको आर्मीका लागि सागर पुनले १४२ बल खेलेर ११८ रन बनाएका थिए । उनको शतकमा १० चौका र ४ छक्का सामेल थियो ।

सागरले पहिलो विकेटका लागि ओपनर अनिल मण्डलसँग ५२ रनको साझेदारी गरे । टिमको स्कोर ५२ हुँदा आर्मीले लगातार २ विकेट गुमायो । मण्डल व्यक्तिगत १९ रनमा आउट भए भने नरेश बुढायरले खाता खोल्नै सकेनन् । तेस्रो विकेटका रुपमा राजु रिजाल ५ रनमा रनआउट हुँदा आर्मीे २६.२ ओभरमा ७६ रनको स्थितिमा  थियो ।
 
त्यसपछि आएका भीम सार्कीले पुनसँग मिलेर ११५ रनको शतकीय साझेदारी गरेपछि आर्मी विशाल योगफलतर्फ उन्मुख भएको थियो । सार्कीले पनि ७७ रनको शानदार इनिङ खेले । उनले ५३ बलमा ३ छक्का र ५ चौका प्रहार गरेका थिए ।
 
छैटौं नम्बरमा ब्याटिङमा आएका आर्मीका कप्तान विनोद भण्डारीले १५ बलमा ४ छक्का र २ चौकाको सहयोगमा ३७ रन बनाए ।
 
बलिङतर्फ प्रदेश ५ का कृष्ण कार्कीले ३, बिक्रम भुसालले २ तथा कप्तान शक्ति गौचन र ला
२९० रनको लक्ष्य पछ्याएको प्रदेश–५, ३५.५ ओभरमा १३५ रनमै अल आउट भएपछि आर्मीले १५४ रनको फल अधिकारीले १–१ विकेट लिए ।
 राकिलो जित हात पारेको हो ।

प्रदेश ५ का लागि नवौं नम्बरमा ब्याटिङमा आएका कृष्ण कार्कीले सर्वाधिक ३१ रन बनाए भने शंकर रानाले २३, सुवेन्दु पाण्डेले ११ तथा अन्तिम थापाले १४–१४ रन बनाए ।
 
बलिङतर्फ आर्मीका सुशील कँडेल र विक्रम सोवले ३–३ विकेट लिए । त्यस्तै सागर पुनले २ तथा सोमपाल कामी र साहब आलमले पनि एक एक विकेट लिए । सागर पुन खेलको म्यान अफ द म्याच चुनिए ।

अन्तिम अपडेट: बैशाख १३, २०८१

तपाईको प्रतिक्रिया