च्याम्पियन्स लिगमा लिभरपुल विजयी, रियल मड्रिड २–० ले पराजित
मंसिर १३, २०८१ बिहिबार
प्रदेश–५ लाई १५४ रनको भारी अन्तरले हराउँदै त्रिभुवन आर्मी क्लब एक्सेल्सिया कलेज प्रधानमन्त्री कप एक दिवशीय क्रिकेट प्रतियोगिताको फाइनलमा पुगेको छ ।
विभागीय टिम आर्मीका ओपनर सागर पुनले ११८ रनको शतकीय पारी खेलेपछि आर्मीले ५० ओभरमा ८ विकेट गुमाएर २८९ रनको विशाल योगफल खडा गरेको थियो ।
२९० रनको विजय लक्ष्य पछ्याएको प्रदेश–५ १३५ रनमै अलआउट भएपछि आर्मीले फाइनलको यात्रा पक्का पारेको हो । आर्मीले उपाधिका लागि अब नेपाल पुलिस क्लब र एपीएफवीच हुने दोस्रो सेमिफाइनलको विजेतासँग प्रतिष्पर्धा गर्नेछ । दोस्रो सेमिफाइनल शनिवार हुनेछ ।
त्रिवि मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको आर्मीका लागि सागर पुनले १४२ बल खेलेर ११८ रन बनाएका थिए । उनको शतकमा १० चौका र ४ छक्का सामेल थियो ।
सागरले पहिलो विकेटका लागि ओपनर अनिल मण्डलसँग ५२ रनको साझेदारी गरे । टिमको स्कोर ५२ हुँदा आर्मीले लगातार २ विकेट गुमायो । मण्डल व्यक्तिगत १९ रनमा आउट भए भने नरेश बुढायरले खाता खोल्नै सकेनन् । तेस्रो विकेटका रुपमा राजु रिजाल ५ रनमा रनआउट हुँदा आर्मीे २६.२ ओभरमा ७६ रनको स्थितिमा थियो ।
त्यसपछि आएका भीम सार्कीले पुनसँग मिलेर ११५ रनको शतकीय साझेदारी गरेपछि आर्मी विशाल योगफलतर्फ उन्मुख भएको थियो । सार्कीले पनि ७७ रनको शानदार इनिङ खेले । उनले ५३ बलमा ३ छक्का र ५ चौका प्रहार गरेका थिए ।
छैटौं नम्बरमा ब्याटिङमा आएका आर्मीका कप्तान विनोद भण्डारीले १५ बलमा ४ छक्का र २ चौकाको सहयोगमा ३७ रन बनाए ।
बलिङतर्फ प्रदेश ५ का कृष्ण कार्कीले ३, बिक्रम भुसालले २ तथा कप्तान शक्ति गौचन र ला
२९० रनको लक्ष्य पछ्याएको प्रदेश–५, ३५.५ ओभरमा १३५ रनमै अल आउट भएपछि आर्मीले १५४ रनको फल अधिकारीले १–१ विकेट लिए ।
राकिलो जित हात पारेको हो ।
प्रदेश ५ का लागि नवौं नम्बरमा ब्याटिङमा आएका कृष्ण कार्कीले सर्वाधिक ३१ रन बनाए भने शंकर रानाले २३, सुवेन्दु पाण्डेले ११ तथा अन्तिम थापाले १४–१४ रन बनाए ।
बलिङतर्फ आर्मीका सुशील कँडेल र विक्रम सोवले ३–३ विकेट लिए । त्यस्तै सागर पुनले २ तथा सोमपाल कामी र साहब आलमले पनि एक एक विकेट लिए । सागर पुन खेलको म्यान अफ द म्याच चुनिए ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।