गाउँपालिकाका सबै वडा तरकारी पकेट क्षेत्र

 कात्तिक ९, २०७५ शुक्रबार १३:५९:३५ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्बिर

रसुवा – रसुवाको कालिका गाउँपालिकाले सबै वडामा चार–चार वटा तरकारी पकेट क्षेत्र घोषणा गरेको छ ।

गाउँपालिकाभित्र रहेका किसानसँग छलफल गरेर गाउँपालिकाले पकेट क्षेत्र घोषणा गरेको हो । पाँचवटा वडा रहेको यो गाउँपालिकामा काउली, बन्दा र टमाटर पहिलो प्राथमिकतामा परेको छ । उत्पादनका हिसाबले क्षेत्र निर्धारण गरिएको गाउँपालिकाका उपाध्यक्ष भवानीप्रसाद न्यौपानेले बताउनुभयो । 

वडा नम्बर १ मा काउली, बन्दा, टमाटर र मुला, वडा नम्बर २ मा काउली, बन्दा मुला र प्याज, वडा नम्बर ३ मा लसुन, बन्दा काउली र टमाटर, वडा नम्बर ४ मा काउली, अदुुवा, लसुन र टमाटर तथा वडा नम्बर ५ मा बन्दा, काउली, टमाटर र लसुनको पकेट क्षेत्र निर्धारण गरिएको छ ।  

पकेट क्षेत्रका किसानले कृषि औजार तथा बिउ ५० प्रतिशत अनुदानमा पाउने छन् । किसानको माग र आवश्यकताका आधारमा कृषि सामग्री उपलब्ध गराइने उपाध्यक्ष न्योपानेले बताउनुभयो । पालिका स्तरीय किसान र जनप्रतिनिधिबीच मासिक बैठक बस्ने पालिकाले जनाएको छ । 

वडामा रहेका कृषि समूह आवद्ध किसान र जनप्रतिनिधिबीच आउँदो महिनादेखि बैठक हुने भएको हो ।
 

अन्तिम अपडेट: फागुन २६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया