साढे २९ किलो चरेससहित रुकुम पूर्वको एकै ठाउँका ३ जना पक्राउ
फागुन २७, २०८१ मंगलबार
काठमाडाैं - नेपाल कानुन आयोगले विद्यमान ऐनमा देखिएको दोहोरोपना तत्काल हटाउन संघीय संसद र सरकारको गम्भीर ध्यानाकर्षण गराएको छ ।
नेपाल कानुन आयोगका अध्यक्ष माधवप्रसाद पौडेलले विद्यमान ऐनमा देखिएको दोहोरोपना तत्काल हटाउन संघीय संसद र सरकारको गम्भीर ध्यानाकर्षण गराउनु भएको हो ।
शुक्रबार राष्ट्रियसभा अन्तरगतको विधायन व्यवस्थापन समितिले आयोजना गरेको ऐन कार्यान्वयन मापनसम्बन्धी छलफल कार्यक्रममा बोल्दै उहाँले बाझिएका कानुनी प्रावधान खारेज गर्न पनि ढिलाई गर्न नहुने स्पष्ट पार्नु भयो । अध्यक्ष पौडेलले विद्यमान ऐनमा देखिएका दोहोरोपना नहटे जनताको न्याय पाउने अधिकारलाई बलियो बनाउन नसकिने पनि स्मरण गराउनु भयो ।
अध्यक्ष पौडेलले सामान्य उद्योग स्थानीय तहमै दर्ता हुने गरी ऐन बनाउन आवश्यक सहयोग गर्ने प्रतिवद्धता पनि व्यक्त गर्नुभयो ।
बैठकमा नेपाली कांग्रेसका राष्ट्रियसभाका सांसद राधेश्याम अधिकारीले जनजीवनसँग सम्बन्धित ऐनलाई प्राथमिकतामा राखेर यसको प्रभावकारी कार्यान्वयनमा जोड दिनुपर्ने आवश्यकता औंल्याउनु भयो । त्यसैगरी उहाँले नयाँ मुलुकी ऐनलाई जनताको जीवनसँग जोड्न त्यसमा देखिएका जटिलता हटाउन पनि ढिलाई गर्न नहुने पनि स्मरण गराउनु भयो ।
राष्ट्रिय जनता पार्टी, नेपालका राष्ट्रियसभाका सांसद वृशेषचन्द्र लालले न्यायमा सहजता ल्याउने गरी विद्यमान ऐन कार्यान्वयन मापन विधि तय गर्नुपर्ने आवश्यक्ता औंल्याउनु भयो । उहाँले ऐनले जनताको न्याय पाउने अधिकारलाई कतैबाट पनि अवरोध गर्न नहुनेमा पनि जोड दिनु भयो ।
ऐन, कानुन कार्यान्वयनको मापन गर्ने जिम्मेवारी पाएको विधायन व्यवस्थापन समितिले मौजुदा ऐन, कानुन कार्यान्वयनको मापन विधि र प्रक्रियाका विषयमा छलफल गर्न मंसीर पहिलो साता राष्ट्रिय कार्यशाला गोष्ठी आयोजना गर्ने तयारी पनि गरेको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।