साढे २९ किलो चरेससहित रुकुम पूर्वको एकै ठाउँका ३ जना पक्राउ
फागुन २७, २०८१ मंगलबार
दाङ – चराउन लगेको मौरीमा विषादी हालिदिँदा चितवनका एक किसानको ४४ घार मौरी मरेका छन् ।
घोराही उपमहानगरपालिका वडा नम्बर १२ का किसानको तोरीबारीमा राखिएका मध्ये ४४ घार मौरीको गोलामा अज्ञात व्यक्तिले विषादी हालिदिँदा २२ लाख रुपैयाँ बराबरको सम्पति क्षति भएको नेपाल मौरी पालक महासंघका वरिष्ठ उपाध्यक्ष दिपक श्रेष्ठले बताउनुभयो ।
मरेका मौरी र घार काम नलाग्ने भएपछि जलाइएको छ । चराउन राखिएको मौरीमा एकै पटक ठूलो क्षेति भएकाले दोषिलाई कारबाही गर्नुपर्ने र क्षतिपूर्ति पाउनु पर्ने पीडित किसानको माग छ ।
२०५७ साल यता दाङमा चराउन राखिएका मौरीमा विषादी हालेर मारिदिने घटना चार पटक भैसकेका छन् । ती सबै घटनाका पीडित किसानले क्षतिपूर्ति नपाएको मौरी पालक किसानहरुको दुखेसो छ । दाङमा बाहिरी जिल्लाबाट झण्डै ५ हजार घार मौरी प्रत्येक वर्ष चराउन लैजाने गरिएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।