सातजना जुवाडे पक्राउ

 कात्तिक ९, २०७५ शुक्रबार १७:२४:४५ | उज्यालो सहकर्मी
unn.prixa.net

डोटी – तास खेलिरहेको अवस्थामा सातजना जुवाडे पक्राउ परेका छन् ।

जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी निरीक्षक धुर्वबहादुर बिष्टले दिनु भएको जानकारी अनुसार डोटीको जिल्ला सदरमुकाम सिलगढीमा राति जुवा खेलिरहेको अवस्थामा प्रहरीले सातजना जुवाडेलाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा दिपायल सिलगढी नगरपालिका ६ बस्ने ३३ वर्षका गणेश श्रेष्ठ, सोही नगरपालिका ६ बस्ने ४० वर्षका किरण श्रेष्ठ, ५१ वर्षका हरिहर केसी, २८ वर्षका गणेश कठायत, वडा नम्बर ५ बस्ने २५ वर्षका दिपक धामी, २५ वर्षकै सन्तोष बिक तथा सायल गाउँपालिका ६ घर भई सिलगढी बस्ने ३५ वर्षका प्रकाश खाती रहेको प्रहरीले जनाएको छ ।

पक्राउ परेकाहरुसँग ३२ हजार ४ सय २० रुपैयाँ नगदलगायत अन्य सामाग्री बरामद गरिएको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ । डोटीमा प्रहरीले जुवा (तास) नखेल्न तथा मदिरा खायर होहल्ला नगर्न आग्रह गर्दै विभिन्न कार्यक्रम गर्दै आएको छ ।

अन्तिम अपडेट: फागुन २६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया