नेपाल कम्युनिष्ट पार्टी (ने क पा) को विवाद सुल्झियाे

 कात्तिक ९, २०७५ शुक्रबार १७:५९:३६ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्बिर

काठमाडौं – निर्वाचन आयोगले नेपाल कम्युनिष्ट पार्टी (ने क पा) को नामको विवाद टुंगिएको जनाएको छ ।

तत्कालीन एमाले र माओवादी केन्द्रबीचको एकतापछि बनेको नेपाल कम्युनिष्ट पार्टी (ने क पा) को नाम आफ्नो पार्टीसँग मिलेको भन्दै नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष ऋषि कट्टेलले आयोजमा उजुरी दिएपछि नामका विषयमा विवाद भएको थियो ।

आयोगले तत्कालीन एमाले र माओवादी केन्द्रबीचको एकता भएपछि बनेको नेपाल कम्युनिष्ट पार्टी (ने क पा) र ऋषि कट्टेल अध्यक्ष रहेको नेपाल कम्युनिष्ट पार्टी अलग अलग भएकाले कानुनी रुपमा तत्कालीन एमाले र माओवादी केन्द्र्रबीचको एकताबाट बनेको पार्टी नेपाल कम्युनिष्ट पार्टी (ने क पा) ले आधिकारिकता पाएको आयोगले जनाएको छ ।

आयोगले अध्यक्ष कट्टेलले दर्ता गराएको निवेदन स्वतः खारेज भएको जनाएको छ ।
 

अन्तिम अपडेट: फागुन २६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया