राष्ट्रपति पाैडेलकाे छातीमा 'पेसमेकर' राखियो

 असार ५, २०८० मंगलबार १८:२९:० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - राष्ट्रपति रामचन्द्र पौडेलको छातीमा स्थायी पेस मेकर राखिएको छ । उहाँलाई ७२ घण्टाको नियमित निगरानीका क्रममा मुटुको चाल समयसमयमा कम हुने देखिएपछि विशेषज्ञको परामर्शमा पेस मेकर राखिएको हो ।

त्रिभुवन विश्वविद्यालय चिकित्सा शास्त्र अध्ययन संस्थान मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा आज राष्ट्रपति पौडेलको शरीरमा सफलतापूर्वक पेस मेकर राखिएको अस्पतालका कार्यकारी निर्देशक प्रा.डा. रत्नमणि गजुरेलद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

राष्ट्रपति पौडेल यही असार २ गतेदेखि अस्पतालमा उपचाररत हुनुहुन्छ । अहिले उहाँको अवस्था सामान्य रहेको अस्पतालले जनाएको छ । 

अन्तिम अपडेट: पुस २, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया