‘विपद् व्यवस्थापनका लागि देशभर ११ ठाउँमा मानवीय सहायता स्थल र आपत्कालीन भण्डारण स्थापना’

 असार ७, २०८० बिहीबार १६:१३:४४ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डाै – उपप्रधान एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठले विपद् व्यवस्थापनका लागि सरकारले देशभरका ११ ठाउँमा मानवीय सहायता स्थल र आपत्कालीन भण्डारणको स्थापना गरेको बताउनुभएको छ ।

बिहीवार दिगो विकास तथा सुशासन समितिको बैठकमा गृहमन्त्री श्रेष्ठले याे जानकारी दिनुभएकाे हाे । उहाँले विपद् व्यवस्थापनका लागि सरकारले २३ वटा इन्फेटेबल डुङ्गा र पाँच वटा इन्जिनसहितको डुङ्गा तयारी अवस्थामा राखेको पनि बताउनुभयो । उहाँले आवश्यक पर्ने विभिन्न प्रकारका खोज तथा उद्धार सामग्री, एम्बुलेन्स बस, सामान्य एम्बुलेन्स, अग्नि नियन्त्रण यन्त्रसहितका सामग्री खरिद गरी जिल्ला सुरक्षा परिषदमा पठाइसकेको बताउनुभयो । 

मन्त्री श्रेष्ठले हवाई उद्धारका लागि कोशी र मधेस प्रदेशका लागि इटहरीमा एक, कर्णाली र सुदूरपश्चिम प्रदेशका लागि सुर्खेतमा एक तथा बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा काठमाण्डाैमा एक गरी तीन वटा हेलिकप्टर तयारी अवस्थामा राखिएको बताउनुभयो ।

गृहमन्त्रीले विपद् व्यवस्थापनका लागि सरकारले मनसुन अवधिका लागि कमान पोस्ट गठन गरेको पनि जानकारी दिनुभयाे ।

अन्तिम अपडेट: माघ ३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया