धनगढीमा माघ १९ गतेदेखि अर्जुन ट्रफी राष्ट्रिय क्रिकेट प्रतियोगि...
माघ ३, २०८१ बिहिबार
काठमाण्डाै – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अकुत सम्पत्ति कमाएको आरोपमा नेपाल विद्युत् प्राधिकरणका तत्कालीन मेकानिकल इन्जिनियर कृष्णप्रसाद यादवविरुद्ध मुद्दा दायर गरेको छ ।
आयोगले आज बिहीवार यादवविरुद्ध एक करोड ४२ लाख ५२ हजार पाँच सय ५० रुपैयाँ बराबरको बिगो जरिबाना, कैद सजायसमेत माग गर्दै विशेष अदालतमा मुद्दा दायर गरेको हो ।
प्राधिकरणको विभिन्न कार्यालयमा कार्यरत रहँदा यादवले स्रोत नखुलेको सम्पत्ति आर्जन गरी भ्रष्टाचार गरेको पाइएको आयोगले जनाएको छ । २०४८ साल फागुन १ गते सार्वजनिक सेवामा प्रवेश गरेका यादवले २०७९ जेठ १ गतेसम्म सेवामा रहँदा तीन करोड १३ लाख ९८ हजार पाँच सय रुपैयाँ बराबरको खर्च तथा लगानी गरेको पाइएको छ । सेवामा रहँदा यादवको वैध आय एक करोड ७१ लाख ४६ हजार रुपैयाँमात्रै रहेको अख्तियारका प्रवक्ता भोला दाहालले जानकारी दिनुभयो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।